मेलम्चीखानेपानी योजनाको बितरण पाइप पुरानै



सिन्धुपाल्चोक

रामचन्द्र बस्नेत 

दशकौँ देखिको निर्माणाधिन रुपमाझुलिरहेको मेलम्चीखानेपानी योजनाको सुरुङ्ग मार्ग सकुशल परिक्षण भएको भनिएपनि राजधानीबासीको मनमाअर्को चिन्ता छाएको प्रष्ट देखिन्छ ।

सिन्धुपाल्चोक बाट २७ कि मि सुरुङ्ग मार्ग हुँदै काठमान्डौँको सुन्दरीजलमापानीझरेपनिकरिव एक दशक अघि राजधानीको सडक किनारमा गाडिएको बितरण पाइपको गुणस्तरबारे कुनै जाँच नै नगर्दा “चोक्टा खानगाको बुढि झोलमा डुबेर मरि ” भने झँै भएको छ ।कहिले खानेपानीको चिन्ता त कहिले त्यहिपानिमा डुविएला भन्ने डर । स्थानिय रामहरी राजभण्डारी भन्नुहुन्छ “राजधानीको चिन्तामा नै सरकारको ध्याननगइरहेको बेलामा दुर–दराजको आवाज खै कस्ले सुन्लान् र ?”


पुरानापाइप टालटुल गरेर पानील्याउने तयारी गरिएको हो । पुरानापाइपमा सातामा एक चोटि पानी छाड्दा केही स्थानमालिकेज भई सडक जलमग्नबन्ने गरेका छन् ।अब मेलम्चीको पानीआउँदा दैनिक समय मिलाएर वितरण गरिनेछ । जसले गर्दा काठमाडौंका प्रायः सडक जलमग्नहुने खतरा रहेको स्वयं आयोजनाले नै स्विकारेको छ । ‘कम्तीमाअहिले त सुन्दरीजलसम्मपानीआइसकेको छ,’ काठमाडौं उपत्यकाखानेपानी लिमिटेड अन्तर्गतको आयोजनाकार्यान्वयननिर्देशनालय (पीआईडीका) काप्रमुखकमलराजश्रेष्ठलेयस बिषयमा  ‘अब समस्यानहोला भन्नु भयो   ।’ टेस्टिङकमिसनकालागि ठूलो परिणाममा पानीचाहिने उहाँको भनाइ छ । ‘पानीनआई नयाँ नेटवर्कमार्फत वितरण गर्ने तत्काल सम्भावना छैन,’उनले भने, ‘तर नभएकै त होइन, नयाँ पाइपलाइनबाट प्रोजेक्ट एरियाको १० प्रतिशत क्षेत्रमामात्रपानीवितरण हुनेछ ।’

उहाँकाअनुसार नयाँपाइप बिछ्याउने कामपहिलो चरणमा करिब ११ सयकिमि सकिएको छ । १० किमिभित्रीगल्लीमापाइप बिछ्याउनबाँकी छ । चालु आर्थिक वर्षमा १ लाख १० हजार धारा जोडिनेछन् । जसमानिजी घर, होटल एवं सार्वजनिककार्यालय पर्नेछन् । ‘यसमा ८० हजारभन्दा बढीको काम सकिइसकेको छ । तर सकिनेबित्तिकै उपभोक्ताको घरमापानीजाने भन्ने हुँदैन,’उहाले ‘प्राविधिक परीक्षणका कामगर्नै बाँकी  भएका ले  मेलम्चीको पानी आएपछि लिकेज र प्रेसर जाँचगर्दै जाने बताउँनु भएको  छ ।


, , , ,