मेलम्चीको पानी उपत्यकामा भट्रराइको सपना पुरा


२७ वर्ष अघि तत्कालीन प्रधानमन्त्री स्व कृष्ण प्रसाद भट्टराईले सिलान्यास गरेको मेलम्चीको पानी शनीबार  बर्तमान प्रधान मन्त्री के.पी ओलीले सुन्दरीजलमा उद्धघाटन गर्नु भएको छ । नेपाली काँग्रेसका तत्कालीन प्रधान मन्त्री स्व.कृष्ण प्रसाद  भट्राइले मेलम्चीको पानी काठमाण्डौ ल्याउँने योजना सुनाउँदा नपतयाउाने   हरुलाइ खाने पानीको उद्धघाटन गरेर बर्तमान प्रधान मन्त्रीले गतिलो जबाफ दिनु भएको स्थानीय हरुले बताएका छन ।


बहुप्रतिक्षित राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा   पुर्ब प्रधानमन्त्री भट्टराईको सपना पुरा भएको मानीएको छ ।  सम्माननिय प्रधानमन्त्री केपी ओलिको दृढ अठोट, पुर्ब मन्त्री  माननीय शेर बहादुर तामाङ्ग, पुर्ब मन्त्री  महोन बहादुर बस्नेत, पुर्ब खानेपानी मन्त्री बिना मगर, बर्तमान खानेपानी मन्त्री मणि थापा,युबा तथा खेलकुद मन्त्री माननीय दावा तामाङ लगाएत बिभिन्न राजनीतदल, संघ सस्थाहरुको सहयोगमा यो योजना सफल भएको हो । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ बाट ल्याइएको मेलम्चीको पानी २६.५ किमी सुरुङबाट परीक्षण भएर काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा झरेको हो  । उपत्यकावासीको प्यास मेटाउन बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको पानी सुन्दरीजलमा आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच दबाएर परीक्षण गरिएको पानी बागमतीमा झार्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले उपत्यकावासीको लामो सपना पूरा भएको बताउनुभयो । प्र म ओली ले मेलम्चीको पानी सुन्दरीजलबाट बागमतीमा झार्न सपल भएका छौ भन्नु हँदै , पानी दिने सिन्धुपाल्चोकको हेलम्बु एवं मेलम्ची क्षेत्रवासीलाई धन्यवाद दिनु भयो ।विकास निर्माणमा एकपछि अर्को सफलता प्राप्त भएको बताउँदै आफ्नै पार्टीभित्रकाले काम गर्न नदिएपनि फागुन १० गतेदेखि २२ गतेसम्म ठूला आयोजना उद्घाटन वा शिलान्यासका काम भइरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले दोस्रो चरणमा याङ्री र लार्केको पानीसमेत ल्याएर उपत्यकामा खानेपानीको समस्या सदाका लागी समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।खानेपानी मन्त्री मणिचन्द्र थापाले नेपाली जनताको खानेपानीको सपना २२ वर्षपछि राजधानीमा मेलम्चीको पानी आएर पूरा भएको बताउनुभयो ।

मन्त्रालयका सचिव माधव बेल्वासेले मेलम्चीको पानी कोशी जलाधारबाट वाग्मती जलाधारमा आउनु ठूलो उपलब्धि भएको बताउनुभयो । फागुन १० गते सिन्धुपाल्चोकको हेलम्बुबाट सुरुङमा हालेको मेलम्चीको पानी १२ दिनपछि शनीबार  सुन्दरीजलमा आइपुगेको उहाँले जानकारी दिनुभयो । पहिलो चरणमा मेलम्ची खोलाको दैनिक १७ करोड लिटर पानी उपत्यकामा आउनेछ । दोस्रो चरणको याङ्री र लार्केको विस्तृत परियोजना प्रस्ताव तयार भइसकेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । दोस्रो चरणका दुई खोलबाट थप ३४ करोड लिटर गरी दैनिक ५१ करोड लिटर पानी सुरुङमार्गबाट राजधानी ल्याई वितरण गरिने योजना रहेको छ ।


, , , , , , ,