चिनको रासायनिक मल नेपालमा

 रूपक पुरी

सरकारले पहिलो पटक उत्तरी छिमेकी मुलुक चिनबाट खरिद गरेको मल तातोपानी भन्सारबाट सबै प्रक्रिया पूरा गरेर शनिवार काठमाडौं पुगेको छ । चीनबाट नेपालले चार हजार मेट्रिक टन मल खरिद गर्न टेण्डर आब्हान गरेको थियो । ठेक्का प्रक्रिया मार्फत पहिलो पटक २ सय ४० मेट्रिक टन चिनियाँ युरिया मल आईपुगेको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले वताउनुभयो ।


 सिल्क ग्रुपले चीनबाट ल्याएको मल साल्ट ट्रेडिङ मार्फत काभ्रे ,सिन्धुपाल्चोक , दोलखा लगायतका जिल्लालाई काभ्रेबाटै वितरण गरिने छ । ठेकेदार मार्फत खरिद गरेर ल्याईएको मल बुझ्नका लागि साल्ट ट्रेडिङका अधिकारीहरू तातोपानी भन्सार स्थित सुख्खा बन्दरगाह नै पुग्नुभएको थियो । बाँकी मल केही दिन भित्रै नेपाल भित्रने भन्सार प्रमुख खत्रीले लोकप्रिय समाचारलाई बताउनुभयो । नेपालले यसअघि भारत र बँगलादेशबाट रासायनिक मल खरिद गरेर ल्याउने गरेको थियोे ।

, , , , , ,