रेडक्रसद्वारा प्राथमिक उपचार तालिम


रूपक पुरी नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकद्वारा मेलम्ची नगरपालिका -९ ज्यामिरेमा ३ दिने आधारभुत प्राथमिक उपचार तालिम सुरू भएकाे छ ।
वडा अध्यक्ष कमल बहादुर खड्काले एक कार्यक्रम बिच उदघाट्न गर्नुभएकाे ग्रामीण, आपतकालिन तथा ट्रमा प्रणाली सुदृढिकरण कार्यक्रम नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकको उपशाखा मेलम्चीका सचिव किरणदणद्विप खड्काको संयोजकत्वमा भएको थियाे । सैद्वान्तिक तथा प्रयोगात्मक साथै मुल्यांकन प्रणालीमा आधारित तालिम सञ्चालन भईरहेकाे प्रशिक्षक राजकुमार लम्सालले जानकारी दिनुभयाे । वाँकी दिनमा पनि सोही तथा रचनात्मक विधिद्वारा सिकाईको अपेक्षा राखेकाे तालिममा सहभागी सातकन्या माविका शिक्षक सुनिलकुमार भण्डारीले बताउनुभयाे ।


तालिममाे सहजिकरण भने रेडक्रस जिल्ला शाखाका राजकुमार लम्साल, गंगा अधिकारी लगायतले गरिरहनुभएकाे छ । तालिममा जनप्रतिनिधि , शिक्षक प्रतिनिधि , स्वास्थ्य स्वयमसेविका, विभिन्न सँघसँस्थाकाे प्रतिनिधि गरी २४ जनाकाे सहभागिता रहेकाे छ ।

, , , , ,