जिप्रकामा अत्माहत्या न्युनिकरण सम्बन्धिअन्तरक्रीया


आत्महत्या  न्यूनीकरण सम्बन्धि कार्ययोजना निर्माण तथा अन्तरक्रिया कार्यक्रम जिल्ला प्रहरी कार्यलयमा सम्पन्न  भएको छ।जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको आयोजनामा जिल्ला आपतकालिन कार्यसंचालन केन्द्र (DEOCको सभाहलमा प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलको अध्यक्षतामा  भएको हो ।


कार्यक्रममा चौ.सा.ग.न.पा. उप–मेयर जानुका पराजुली मेलम्ची  नगरपालीकाको उप–प्रमुख भगवती नेपालज्यू, बलेफी गा.पा. उप–प्रमुख कमला श्रेष्ठ कायस्थ ईन्द्रावती गा.पा. उप–प्रमुख मिरा अधिकारी लामा लगाएतको जनप्रतिनिधीहरुको  उपस्थिती रहेको थियो । 

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक राजन अधिकारी को बिशेष अतिथ्यतामाभएको सो कार्यक्तममा  जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका बरिष्ठ अधिकृत दुर्गादत्त चापागाई, राष्ट्रिय अनुसन्धान प्रमुख तथा चौ.सा.ग.न.पा.का वडा अध्यक्ष हरु, मनोबिमर्शकर्ता, सञ्चारकर्मि लगायत अन्य सरोकारवालानिकायहरुको उपस्थितिमा  बढ्दो आत्महत्या रोकथाम तथा न्यूनिकरण  सम्बन्धी कार्ययोजना निर्माण तथा कार्यान्वयनको लागि आवश्यक छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिनु भयो  । 


, , , , , , ,