बागमती प्रहरी प्रदेसको एकै प्रकारको पोशाक


लोकप्रिय समचार

बागमती प्रदेस प्रहरीले  घटना स्थलमा खटिने प्रहरीले प्रदेशभरी एकै प्रकारको पोशाक लगाउने भएका छन ।


हाल सादा पोशाकमा रहेर अपराध अनुसन्धानसंग सम्बन्धीत विभिन्न कार्यमा संलग्न हुने प्रहरी कर्मचारीहरुलाई निश्चित पोशाक र पहिचान सहित खटाउने बागमती प्रदेश प्रहरी कार्यालयको अवधारणा अनुसार यो ब्यबस्था गरिएको हो ।

अनुसन्धानको सिलसिलामा घटनास्थलमा खटिने प्रहरी कर्मचारीहरुले फ्लोरोसेन्ट ज्याकेट र टोपी लगाई खटिने व्यवस्था मिलाईएको बागमती प्रहरीकार्यलयका प्रबक्ता प्रहरी बरिष्ठ उपरिक्षक मिरा चौधरीले जानकारी दिनु भएको छ । 

 उँहाका अनुसार बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा अन्तर्गतका मुद्दा चल्ने २१ वटा प्रहरी कार्यालयका घटना स्थलमा खटिने प्रहरी कर्मचारीहरुले उल्लेखीत पोशाक प्रयोग गर्ने छन् । अपराध अनुसन्धान समुह र सम्बन्धीत प्रहरी कार्यालयको नाम उल्लेख गरीएको फ्लोरोसेन्ट ज्याकेट र टोपी २०७७ साल चैत १६ गते देखी प्रयोगमा ल्याईएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका जिल्ला प्रहरी कार्यालय दश र ईलाका प्रहरी कार्यालय ११  गरी २१ वटा प्रहरी कार्यालयमा अपराध अनुसन्धान समुहमा कार्यरत रहेका प्रहरी कर्मचारीहरुले घटना स्थलको अनुसन्धानको लागि खटिंदा उक्त पोशाक प्रयोग गर्ने छन् । 

अनुसन्धान अधिकृत, सोको अधिकृत, सोको सहायक तथा अनुसन्धानमा खटिने अन्य प्रहरी कर्मचारीहरुको छुट्टै पहिचान र कार्य सम्पादनमा एकरुपता ल्याउने उद्देश्यले बागमती प्रदेश भरी घटना स्थलमा खटिने प्रहरी कर्मचारीहरुले उल्लेखीत पोशाक प्रयोग गर्ने प्रबक्ता चौधरीले जानकारी दिनु भयो  । 


, , , , , , , , ,