लिदि पिडीतको टेण्ट हावाहुरीले उडायो
फागुन २१,सिन्धुपाल्चोक
स्निधुपाल्चोक जिल्ला जुगल गाँउपालीका लिदि पहीरो पिडीतको टेण्ट हावाहुरीले उडाएको छ । पहिरोका कारण बासखर्कमा बस्दै आएका लिदिका विस्थापितहरु को टेण्ट त्रिपाल सुक्रबार अपरान्ह आएको हावाहुरीले उडाएपछि पिडीतहरु थप समस्यामा परेका छन् ।
जुगल गाउँपालीका वडा नं २ लिदिबाट १ नम्बर वडा बासखर्कमा गइ बसेका पहीरो पिडीतहरु हावा हुरीले बस्दै आएको त्रिपाल र टेण्ट उडाए सँगै सुत्ने खानेकै समस्यामा परेका हुन् । चौरमा बालबालिका पढाउन ब्यवस्था गरेको टेण्ड उडाएर जंगलमा पुराएको स्थानिय निमा छिरीङ दोङले जानकारि दिनु भयो । उँहाका अनुसार ठुलो हावाहुरी चलेपछि आफु बस्दै आएको टेण्ट समाएर बस्नु परेको छ ।