माननीय लक्ष्मी देवी को निधन काँग्रेसद्धारा शोक ब्यक्त

 


लोकप्रिय समचार


संविधान सभा सदस्य माननीय लक्ष्मी देवी भण्डारीको सोमबार  विहान ललितपुर स्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको छ । उँहाको निधन प्रती नेपाली काग्रेसले श्रदान्जली अर्पण गरेको छ । नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडद्धारा  बिज्ञेप्ती जारि गर्दै शोक प्रकट गरेको हो । काँग्रेु द्धारा जारि बिज्ञेप्तीमा संविधान सभा सदस्य माननीय लक्ष्मी देवी भण्डारीको सोमबार  विहान ललितपुर स्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा भएको दुःखद निधनले हामीलाई मर्माहत तुल्याएको छ ।




नेपालमा भएको हरेक लोकतान्त्रिक आन्दोलनमा सक्रिय एवं नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएकी स्व. भण्डारी वि.स. २०७० सालमा संविधान सभा सदस्य हुनु भएको थियो । नेपाली कांग्रेसको विभिन्न तहमा रहेर पार्टी संगठन, विस्तार एवं सुदृढिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकी नेता भण्डारीको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको छ । उहाँको निधन प्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दै आत्माको चिरशान्तिको कामना साथै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । शोकको यस घडीमा शोकसन्तप्त परिवार तथा आफन्तजन प्रति हार्दिक समवेदना प्रकट गर्दछ भनीएको छ ।


 

, , , ,