सिन्धुपाल्चोक जिल्ला भोटसिपा वडा नं ४ मा पिता दुर्गा सिंह र माता कालिमायाँको कोखमा बि. सं. २०१६÷०६÷२१ मा जन्मनु भएका श्री बिकाश लामा हाल नेपाली काँग्रेस सिन्धुपाल्चोकका जिल्ला पाटीसभापती समेत रहनु भएको छ ।
लोकप्रिय समाचारले उँहा सँँग गरेको छोटो कुरा कानी
१. यँहाको परिचय दिनुहोस न ।
मैले मेरो परिचय दिन पर्दा म नेपाली काग्रेस सिन्धुपाल्चोक जिल्लाको सभापतीको जिम्मेवारीमा रहेर काम गरिरहेको छु र म खाश ग्ि पहीले देखी नै सामाजीक काममा रुची लागने भएका ले सामाजीक काम गर्दै पनी आइ रहेको छु समग्रमा मेरो परिचय सिन्धुबासी सबैलाइ जानकारी भएको ले यो भन्दा धेरै परिचय दिइ रहन पर्ने आबश्यक देखीएन
२. नेपाली काँग्रेस अहिले के गर्दै छ ?
नेपाली काँग्रेस जनताकोपाटी हो जनताले दिएको जिम्मेवार िइमान्दारिताका साथ पुरा गर्ने काममा लागी रहेको छ । हामी खाश गरि हिंसाको राजनीती गर्दैनो काँग्रेस सँधै शान्ती , सुब्यवस्था र बिधीको शासनमा बिश्वास गर्ने पाटी भएकाले अहीले शान्तीपुर्ण तरिकाले बिपक्षी को भुमीका निर्बाह गरिरहेको छ । खनश गरि अहीले हामी जिल्लामा पार्टीको गतिविधि सकृय रुपमा अगाढी बढाइएको छ । अहिले जिल्लाको संगठन बलीयो बनाउादै १४ औ ं अधिबेशन को तयारीमा ब्यस्त रहेको छ । खाश गरि सिन्धुबासीहरुको समस्या सँग नजीक रहेर हामीले काम गरिरहेका छौ ।
३. काग्रेस सिन्धुपाल्चोकको अबस्था के छ ?
मैले अघी नै भनी सकेको छु । जिल्लामा पाटीका कार्यक्रमहरु तिब्र रुपमा भइ रहेका छन । संगठन निर्माण गर्ने काम भइ रहेको छ सिन्धुपाल्चोकमा बिगतका बर्षहरुमा भन्दा यस बर्ष संगठन मजबुत भएको छ। सबै संघ , प्रदेश ,पालिका देखि वडा सम्मको संगठन हिजोको भन्दा निकै मजबुत बनाएको छु आउने सबै निर्वाचनमा सिन्धुपाल्चोक काङ्ग्रेस १ नं पाटी बन्ने पक्का छ । त्यसका लागी हामी लागी परीरहेका छौ ।
४. सक्रिय सदस्य थप कहीले सम्म हुन्छ ?
सब भन्दा पहीलो१३ अधिबेशन मा रोकीएको कृयाशिल सदस्यता मेरो पहलमा आएकोछ यो राम्रो भयो अब सिन्धुपाल्चोकमा १४ महाधिबेशन अगाडी पनी थप गरिएका क्रियासिल सदस्यहरु को नामावली छिटै आउँने छ । खाश गरि नेपाली कााग्रेस जिल्ला कार्य समितीले गरेका कामहरुलाइ स्थानीय स्तरमा कार्यन्वयन गर्ने पाटीका निती निर्देशन पालना गर्ने सबै साथीहरुलाइ सक्रीयताका आधारमा क्रियासिल सदस्यता बितरण गरिएको छ । त्यस्ता साथीहरुको सदस्यता आउँछ । हामी ले सके सम्म छिटो सदस्यता दिने पहल गरिरहेका छौ ।
५. नेपाली काँग्रेस भित्र बिबाद छ भन्छन यो अबस्थामा के भइरहेको छ ?
एउटा जिवन्त पार्टीमा सानो तिनो विवाद जुन सुकै पार्टी भित्र हुन्छ ,यो ठुलो कुरा होइन , पाटी भित्र बैचारिक बहस हुन्छ सबैको आआफ्नो बिचार हुन्छ तर पाटीको बिधान बिपरिच काम गर्न भने कसैलाइ पनी छुट छैन , बिधी र बिद्यानका कुरा गर्दा बिबाद भएको मानीदैन फेरी पनी सिन्धुपाल्चोकमा त्यस्तो बिषमा ठुलो बिबाद छैन , हामी नेपाली काँग्रेस का सिपाही हो । पाटीको बिधान कमाण्डर हो कहीले कँही कमाण्डरले दिएको जिम्मेवारी पुरा गर्ने बिषयमा साथीहरु साँग छलफल हुन्छ त्यसलाइ बिबाद भन्न मिल्दैन सिन्धुपाल्चोकमा बैचारिक बहस छ तर मिल्नै नसक्ने बिभाजन , र विवाद भने छैन ।
६. आगामी महाधिबेशनको तैयारी कसरी गरिरहनु भएको छ ?
हामी नेपाली काँग्रेस का सिपाही हौ । मैले अघी नै भनी सकेको छु पाटीको बिधानले दिएको जिम्मेवारी पुरा गर्ने बिषयमा हामी सबै लागी परेका छौ । केन्द्रले दिएको निर्देशन अनुसार हामी समयमा नै महाधिबेशन सम्पन्न गर्नका लागी जिललाका सबै पाटी संगठन हरुलाइ सक्रियताका साथ लाग्न भनीसकेका छौ सोही अनूरुप काम हुने छ । हामी सभ्य र भब्यका साथ महाधिबेशन सम्पन्न गर्न लागी रहेका छौ ।
७. बिश्वब्यापी रुपमा फैलिएको कोरोना का बारेमा पाटीले के गरिरहेको छ ?
कोरोनाले हामीलाइ मात्र होइन धेरै देशका मानीसहरुलाइ सताइरहेको छ । अझ केही महीना अगाडीको अबस्था दयनिय थियो बिस्तारै यो अबस्था सुध्रिएको छ । हामीले देखे कै छौ ।
लकडाउन को समयमा अप्ठ्यारो भइ खाना नपाएका हरुलाई राहत प्राय सबै ठाउँ पुगेको छ! कोरोनाको समयमा नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकले तरुणदल महिला संघ ने.बि संघ लगायत भातृ संस्था र सिङ्गो पार्टी अरु पार्टी भन्दा बढी नै सकृय थियो र राहत देखि सचेतना गराउने काम निकै सकृय साथ गरेका छौ हामीले यो त्यो भनेनौ सत्तामा रहेका पाटीहरुले भन्दा हामीले गरेको सहयोगको सिन्धुबासीले उच्च मुल्याङ्कन गरेका छन भन्ने हामीलाइ लागेको छ । त्यस बखत नेपाली काँग्रेसले जिल्ला भरि नै स्वास्थ्य सामाग्री बितरण गरेको थियो यो कँहा कँहा र कसरी कसकसलाइ बितरण गरिएको छ यो लिस्ट लिकै लामो छ यो भनी रहन नपर्ला हामीले सके सम्म जिल्लाका सबै क्षेत्रमा हामीले सहयोग गरेका छौ ।
८. नेपाली काँग्रेसले जितेको स्थान र नेकपा लगायत अरु पार्टीले जितेको स्थानमा के फरक छ र काँग्रेसबाट जितेकाहरुलाइ के निर्देशन छ ?
नेपाली काँग्रेस र अरु पाटीले जितेको स्थानमा भएका बिकासका कामहरुकै बारेमा पनी आकाश पतालको फरक छ । नेपाली काँग्रेसले जितेका पालीकाहरुमा बिकासका कामहरु पारदर्सीताका साथ सम्पन्न भएका छन । बिबादहरु छैनन स्थानीय नागरिकको माग अनुसार स्थाइत्व का लागी बिकासका कामहरु भइ रहेका छन । नेपाली काँग्रेसले जितेका ठाँउहरुमा र अरुले जितेका ठाँउहरुमा काम गर्ने शैली निकै फरक छ जस्तै काग्रेसले जितेको ठाँउमा करको दायरा , कम गराएको छ बिकास को गति निकै अगाडि नै छ । तर अरु पार्टीको जनप्रतिनिधि ले जहाँ जितेको छन त्यहाँ भ्रष्टाचार व्यापक छ काङ्ग्रेसले जितेको ठाउँमा नगन्ने मात्रै छ। त्यसैले अरु पाटी र काग्रेसमा धेरै फरक छ ।
अन्तमा अहिलेको सिन्धुपाल्चोक काङ्ग्रेसको नेतृत्व संस्थागत संगठनमा लागेको कुरा सबैमा जगजाहेर नै छ । मैले नेतृत्व लिन भन्दा पहीला जिल्लामा पार्टीको भवन थिएन अहीले भवन बन्दै छ पहीले पाटीको संगठन कम्जोर थियो अहिले पाटी मजबुत बनेको छ । यस प्रती जिल्ला बासीको आस्था बढेको छ । हामीले काम गर्ने जिम्मेवारी दिदा यो त्यो भनेका छैनौ काम गर्न इच्छुक सबैलाइ जिम्मेवारी दिएका छौ । सकेको काम साथीहरुले गर्नु भएको छ । त्यसैले अरु पार्टीको साथीहरू लाई हाम्रो पार्टीमा स्वागत गर्न हामीलाई भ्याई नभ्याई छ।काम निकै गरेका छौं हाम्रो टिमले गरेको काम अब आउने निर्वाचनले प्रस्ट्याउने छ धेरै भनी रहन पर्देैन । अन्तमा आगामी निर्बाचनमा काँग्रेसलाइ पहीलो पाटी बनाउँन सबै लागी पर्नु पर्ने भएका ले अनुशासित ढङ्गले यसमा लागी परौ सानातीना बिबादमा नपरौ भन्दै बिचार राख्ने मौका दिनु भएकोमा तपाईंको लोकप्रिय समाचार दैनिक प्रती हार्दिक आभार व्यक्त गर्दछु ।
जय नेपाल