जल्केनीमा बन अभियान्तका बैठक सम्पन्न


 सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोक गढी नगरपालिका वडा न ८ र १३ भित्र रहेका  सामुदायक बन उपभोक्ता हरुको प्रतिनिधि हरुका बिच एक अन्तरक्रिया कार्यक्रम गरेको छ।


चौतारा साँगाचोकगढी नगरपालिका ८को  र १३को बिच भागमा पर्ने जल्केनि घुम्तिको  सामुदायक बन भित्र भएको अन्तर क्रिया कार्यक्रममा साहयक बन अधिकृत कृष्ण बहादुर थापाले अब बन संरक्षणका लागी आफै  लागी पर्नु पर्ने बताउँनु भयो । शुरुमा दाउरा घाँस, र पतकरका लागी सामुदायक बन को अबधाराणा आएको बताउँदै यसको संरक्षण गर्न सामुहीक दाइत्व  रहेको बताउँनु भयो ।

कार्यक्रममा वडा न १३ का वडाअध्यक्ष रामप्रसाद गौतम ले बन सरक्षण र सदुपयोग गर्ने र बन को श्रोत र साधनको सदुपयोगका लागि यो अन्तरक्रिया  गरिएको बताउँनु भयो।

अन्तर क्रिया कार्यक्रममा बनको काठ बाहिर बेच्न भन्दा  स्थानिय स्तरमा उद्योग स्थपना गरेर  स्थानिय स्तरमा नै रोजगारको ब्यबस्था गर्न पर्ने आबश्यकता रहेको बताउनु भयो।

उँहाले कार्यक्रमका बारेमा स्पष्ट पार्दै वडाहरुमा रहेको बन समुह हरुको  सँस्थागत शुसान  दिगो बन ब्यबस्थापन गिरबि न्पुनिकरण,शशक्तिकरण, क्षमता बिकास पर्यापर्यटन बिकास, जैबिकिविवधता अआदि प्रबिधिक सहजिकरण गर्ने मुख्य उदेश्य रहेको बताउनु भयो।यसै गरि वडा न ८का  वडा अध्यक्ष तिर्थ बहादुर श्रेष्ठले  बन संरक्षण गर्नु हामी सबैको जिम्मेवारी हो भन्नु हुँदै यो जिम्मेवारी पुरा गर्नका लागी सबै सामुदयाक बन समुहहरु लागी पर्नु पर्ने बताउँनु भयो । निती  बिद्यान र नियमहरु हामीले मान्न पर्छ तर स्थानीय नागरिकको हित बिपरित हुने काममा कसैले पनी सहयोग गर्न नसकीने बताउँनु भयो ।  कार्यक्रममाबन प्राबीधिक रामशरण बिकले  चौतारा साँगाचोकगढी नगरपालिका८ र १३ नं वडा कार्यालय, दुवै वडामा रहेका सामुदायिकवनउपभोक्ता समुहकाप्रतिनिधि, सामुदायिकवनउपभोक्तामहासंघ, डिभिजन वनकार्यालय र संघ संस्थाकाप्रतिनिधिहरुको संयुक्त संरचनाबनाई सोही संरचनाले कार्यविधितयार गरीअधिकृत स्तरको वनप्राविधिकको नियुक्तितथा परिचालन गर्न पर्ने आबश्यकता देखीएको बताउँनु भयो । उँहाले तयारी कार्यविधिअनुसार दुवै वडाभित्र रहेका सामुदायिकवन समुह, कवुलियतीवन समुहतथानिजीवनहरुको संस्थागत, वनव्यवस्थापनतथाशुसासनको अवस्था सुधारको लागिप्राविधिकसहजीकरण गर्ने व्यवस्थामिलाइने समेत सो अबशरमा जानकारी दिनु भयो । बन अभियान्ता सामुदायक बन उपभोक्ता महासंघ नगर सचिब  दयालक्ष्मी श्रेष्ठले  सामुदायक बनको महत्व र यसले स्थानीयलाइ पुर्याएको फाइदाका बारेमा जानकारी दिदै समुदायक बन समितीहरु सबै सक्षम र सबै असक्षम  भन्न नमील्ने बताउँदै यसका लागी पनी निर्देश गर्ने  सचेतनामुलक काम गर्ने र यस तर्फ बढी ज्ञानभएको बिज्ञ हुनका लागी पनी दुबै वडाका बन समुहहरु को लागी एक वन प्राबिधीकको आबश्यक देखीएको ले यसको बार्यन्वयन हुन जरुरी रहेको बताउँनु भयो । कार्यक्रममा इन्लीफ्ट का बिष्णुहरी पौडेल ले आफुहरु समुदायमा आधारित बनको बिकास भएको हेर्न चाहेको र यस बाट समुदायलाइ  प्रत्यक्ष तथा अप्रत्यक्ष फाइदा हुने हुँदा यस कार्यक्रमलाइ आफुहरले सहयोग गर्न चाहेको र सहयोग गर्ने बताउँनु भयो ।   भेलाले राम प्रसाद गौतम तिर्थ बहादुर श्रेष्ठ, जनक गिरी, दया लक्ष्मी श्रेष्ठ,श्याम भण्डारी , धनयाम श्रेष्ठ,टार्सन तामाङ्ग सदस्य  रहेको  समिती गठन गरेको छ भने सब डिभीजन बन बार्यलय पदेन सदस्य रहने ब्यबस्था गरिएको छ । त्यसै गरि  समितीले नियुक्त गरेको बन प्राबिधीक कर्मचारी सदस्य सचिब रहने ब्यबस्था गरिएको नगर सचिब दयालक्ष्मी श्रेष्ठले जानकारी दिनु भएको छ ।  


, , , , , , , , , ,