तेस्रो बलेफि कपको उपाधि सुनकोसिलाई
कुमार बस्नेत (अधिराज)
तेस्रो बलेफी कप जिल्ला स्तरीय फुटबलको उपाधी सुनकोसी गाउँपालिकाले हात पारेको छ । सिन्धुपाल्चोक जिल्ला लामोसाँघुको बसन्तपुर खेलमैदानमा जारी खेलको शुक्रबार सम्पन्न फाईनल खेलमा बाह्रबिसे नगरपालिकालाई हराउँदै सुनकोसी गाउँपालिकाले तेस्रो बलेफी कपको उपाधी जितेको हो ।
गतबर्षको बलेफी कपमा उपबिजेतामै खुम्चीएको सुनकोसी गाउँपालिकाले यसबर्ष उपाधी चुम्न सफल भयो ।
शुक्रबारको फाईनल खेलमा सुनकोसीका तर्फबाट शुुर्य खत्रीले पहिलो गोल गर्नु भएको थियो । पहिलो हाफमै सुनकोसीका तर्फबाट आवास योञ्जनले पेनाल्टी मार्फत गोल थप गर्नु भयो । बाह्रबिसेले कुनै गोल फर्काउन नसक्दा उपबिजेतामै चित्तबुजाउनु पर्यो । बिजेता र उपबिजेतालाई खेल समापन समारोहमा पुरस्कार, टफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।
समापन समारोहका प्रमुख अतिथि जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङले बिजेता, उपबिजेता र उत्कृष्ट खेलाडीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गर्नु भयो । बिजेतालाई नगद १ लाख र उपबिजेतालाई ५० हजार पुरस्कार प्रदान गरिएको थियो । तेस्रो बलेफी कप जिल्लस्तरीय फुटबल प्रतियोगितामा सुनकोसीका सुजन माझी उत्कृष्ट गोलकर्ता घोषित हुनु भयो । बेष्ट प्लेयर अफ द सिरजको उपाधी पाँचपोखरीका राजु परियारले पाउँनु भएको छ भने उत्कृष्ट गोलरक्षक सुनकोसीका एरोन कार्की र उत्कृष्ट डिफेण्डर पनि सुनकोसीकै बिक्रम माझी घोषित हुनु भए को छ। उतकृष्ट फर्वाडको उपाधी भने हेलम्बुका अजय तामाङले हात पार्नु भयो ।
बिगत ३ बर्षदेखि जिल्लास्तरीय फुटबल प्रतियोगिता गर्दै आएको बलेफी गाउँपालिकाले आगामी बर्ष पनि चौथो बलेफी कप आयोजना गरिने गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले घोषणा गर्नु भयो । कार्यक्रममा बोल्दै सुनकोसी गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसीले आफुखेलाडि रहेकोले सबै खेलक्षेत्रमा खेलाडीलाई हौसला तथा सुनकोसि का खेलाडहरूलाई उच्च सम्मान सहित आबश्यक ब्यबस्थापन गर्ने बताउँदै आउदा दिनहरूमा पनि खेल क्षेत्रमा बजेट बियोजन गर्ने बताउनु भयो।