एमालेको सुनकोसी गाउँपालिका स्तरीय भेला सम्पन्न


नेकपा एमालेको सुनकोसी गाउँपालिका स्तरीय  भेला सम्पन्न भएको छ । अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले नेता एवम प्रदेश सांसद सरेश नेपालले नयाँ उत्साहका साथ पार्टी गतिबिधिमा लाग्न सुनकोसीका अगुवा नेता÷कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।


उँहाले पार्टी अध्यक्ष केपी ओली बिरुद्धका अभियोग फिर्ता लिँदै आत्मालोचनासहित फर्किए माधव नेपाल समुहलाई सँगै लिएर अघि बढ्न सकिने नेता नेपालले बताउनुभयो ।

 शनिबार सुकुटेमा भएको  अगुवा कार्यकर्ता भेलामा नेकपा एमालेका जिल्ला अध्यक्ष बालकृष्ण देउजाले पार्टी केन्द्रले दिएको जिम्मेवारी आफुले स्वीकार गरेको भन्दै कतै बिन्तिपत्र हालेर पद नलिएको बताउनुभयो । अध्यक्ष देउजाले पनि कार्यकर्ता पंक्तीलाई नयाँ उत्साहका साथ अघि बढ्न आग्रह गर्नुभयो । भेलाले पाङ्ग्रेटारका सुर्यप्रसाद तिमल्सिनाको नेतृत्वमा १ सय ५० सदस्यीय गाउँपालिका कमिटी निर्माण गरेको छ। नब निर्मीत कमिटीको उपाध्यक्षमा बद्री बुढाथोकी र सचिवमा कालिकाका पुष्पराज पराजुली रहनु भएको छ । 





, , ,