सत्ता होइन व्यवस्था जोगाउनु महत्वपूर्ण हो पौडेल


आफ्नौ मौलिकता नबुझेपछि दुख हुन्छ , अहिले कतै कांग्रेसले आफ्नो मौलिकता विर्सेर दुख पाएको हो कि भन्ने  लागेको नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बताउँनु भएको छ । उँहाले नेपाल ट्रेड युनियन कांग्रेसले काठमाडौंमा नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउँनु भएको हो । कार्यक्रममा पौडेलले  कांग्रेसको  क्रान्तिको सुरुवात श्रमको सम्मान गर्ने आन्दोलन थालेर भएको थियो ।


विराटनगरको मजदुर आन्दोलन होस वा ,पहाडमा ब्राम्हणले हलो जोत्न सुरु गरेको होस, यी दुवै श्रमको सम्मान गर्ने आन्दोलन हुन् । यो सन्देशलाई र यो मौलिकतालाई कांग्रेसले अहिले भुलेर दुख पाएको हो कि जस्तो आफुलाइ  लागेको छ । आफ्नो पहिचानलाई बिर्सेर हामी भड्किरहेका छौ । २०१५ सालमा आफ्ना मौलिकता अगाडि सारेर दुईतिहाइ मत ल्याएको थियो । तर जति पछि भयो त्यती आफ्ना एजेण्डालाई कांग्रेसको पहिचानलाई भुल्न लागेकाले कमजोर भएको हो । कांग्रेसले अब एकपटक आत्मासमिक्षा गर्न जरुरी छ उँहाले भन्नु भयो ।कांग्रेस समान्तवादका विरुद्ध, शोषणका विरुद्धमा जन्म भएको हो । ठालुतन्त्रका विरुद्धमा कांग्रेस जन्मेको हो ।

निमुखा अन्यायमा परेका जनताको आवाज हो भनेर कांग्रेसको जन्म भएको थियो । यो मौलिकता धानेर राख्न सकेको भए  कम्ुनिष्टहरु हामीसंग प्रतिष्पर्धामा आउन नै सक्दैनथे । अहिले कम्युनिष्ट बढेका हैनन् कांग्रेस घटेको हो । हामीले हाम्रा एजेण्डा छोड्दै जाने कम्युनिष्टहरुले समात्दै जाने भयो । अनि हामी घट्दै गयौ भन्नु भयो । कांग्रेस मजदुरको पार्टी श्रमिकको साथी भन्ने नारालाई व्यवहारमा उतार्न सकेको भए कांग्रेस घट्दैनथ्यो । हामीले नीति तथा कार्यक्रममा समेट्न सकेको भए अहिले यो अवस्था आउदैनथ्यो । यसको मतलब हामीले समाजवादलाई वास्तविक रुपमा उतार्ने प्रयास गरेनौ । सत्तामा गएका बेलामा हामीले समाजवादलाई उतार्ने प्रयास गर्न सकेनौ । नीति निर्माणका बेलामा ध्यान दिने हो भने कांग्रेसलाई दुख पर्दैन् भन्नु भयो  ।

गिरिजाबाबुले प्रतिनीधिसभा पुनःस्थापना भन्दा अरु विकल्प देख्नुभएको थिएन । यही मात्रै हो जनताको हातमा अधिकार जनताको हातमा सत्ता आउन जनताको सत्ता आउनुपर्छ भन्नेमा गिरिजाबाबु हुनुभयो । संसद पुनःस्थापना भएपछि सार्थक बनाउने काममा कांग्रेसले अग्रसरता लियो । त्यही प्रतिनीधिसभाबाट आज राजा हटायो । समावेशी लोकतन्त्र र संघीय गणतन्त्रको जग बसालेको हो उँहाले कार्यक्रममा  भन्नु भयो  । 


, ,