श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ ।

जिल्ला सिन्धुपाल्चोक हेलम्बु गा.पा.वडा नं.१ दोरिङ बस्ने फुर छोवाङ तामाङलाइ आफ्नै श्रीमतीको  हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाका अनुसार  बर्ष ३९ की सुम्ज्यो तामाङ सोही वडाको दोरिङ सामुदायीक वनमा मृत अवस्थामा फेला परेको थियो । 


घटना अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय मेलम्ची तथा ईलाका प्रहरी कार्यालय हेलम्बु सिन्धुपाल्चोक बाट खटिएको संयुक्त प्रहरी टोलीले घटना सम्बन्धमा थप अनुसन्धान गर्दै जाँदा तामाङ्गले हत्या गरेको खुल्न आएको ले पक्राउ गरि थप अनुसन्धानका लागी प्रहरी हिरासतमा लिइएको हो  ।  २०७७चैत्र७ गते रातीको समयमा घरायसी वादविवाद हुँदा आफ्नै घरमा निज फुर छोवाङ तामाङले श्रीमती सुम्ज्यो तामाङलाई  लात्ता मुक्का तथा काठको लाठीले प्रहार गर्दा सुम्ज्यो तामाङको घटनास्थलमै मृत्यु भएको र घटनालाई लुकाउन निज फुर छोवाङ तामाङले मृतक लाशलाई घर भन्दा अ.५०० मिटर उत्तर तर्फको दोरिङ सामुदायिक जंगलमा लगी फालेको भन्ने खुल्न आएको हुँदा निज बर्ष ३९ को फुर छोवाङ तामाङलाई चैत्र८ गते साँझ १९ः४५ बजेको समयमा पक्राउ गरी ज्यान सम्बन्धि कसुर अन्तर्गत ईलाका प्रहरी कार्यालय मेलम्ची बाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ  ।


 


 


 

,