गजल

 


आज होलिको दिन श्री सूर्यलाई मनाउँ कसरी

तराइका ताल कुण्डहरूमा मेरो उपस्थिति जनाउँ कसरी ।

पंञ्च तत्वको एउटा मुख्य अंश श्री सूर्य नारायण हुन

वहाँको समिपमा कसरी परौँ मनका भाव खनाउँ कसरी ।

कति चतुर्मास गए कति एकादशी म बुद्दुलाई केहि थाहा छैन

औँसिको रातमा चश्मा लगाउन खोज्छु मेरो मगजमा हनाउँ कसरी ।

चार बेदका धनी हामी विश्व सम्पदाको मेरो देश

शरिर नै फुँङ्ग उडेको छारोले घेरिएको छु फगत कनाउँ कसरी ।

खै ऋषिमुनिहरू कुन खोपिमा लुकेर बसेका छन

सुन्छु हिमालै हिमालको देश अर्को सगरमाथा बनाउँ कसरी ।

(घनश्याम नेपाल ९सन्देश
चौतारा साँगाचोकगढी ४ ढंगेकुवा-)

, , , ,