छिटै आउँदै एन्टीनाको बदला रिटर्नस

 



कुमार बस्नेत (अधिराज)


तिब्र खबर मिडिया ग्रुपद्वारा निर्माण भएको नेपाली कथानक चलचित्र ” बदला रिटर्नस ” अब चाँडै बजारमा आउने भएको छ। अहिले सम्मको सुटिङ्लाई हेर्दा चलचित्र राम्रो बनेको उक्त चलचित्रका मुख्य नायक कल्याण घले तथा नायिका शसी राईले बताउँनु भएको छ। चलचित्रमा कथाले मागे अनुसारको आफुहरुले राम्रो अभिनय गरेको उहाँहरुको भनाइ रहेको छ ।


चेतनामुलक ,लभस्टोरी तथा एक्सन जोडिएको चलचित्र पुर्बी जिल्ला सङ्खुवासभाका विभिन्न ठाउमा छायांकन भएको हो।एक अर्को प्रसङ्गमा नायक कल्याण घले ले साना पर्दा र ठुलो पर्दामा काम गर्दा आकाश पातलको फरक पर्ने बताउँदै  ठुलो पर्दामा अवसर पाएँ भनेर साना सिरियललाई माया नमार्ने बरु राम्रो अवसर आए जस्तो सुकै सिरियल तथा चलचित्रमा अभिनय गर्ने बताउँनु भयो ।

चलचित्र बदला रिटर्नसमा निर्देशक घनश्याम तिमिल्सिना एन्टिनाले आफुहरुलाई राम्रो अवसर साथै सुटिङमा सहयोग गरेको नायिका राईले बताउँनु भयो ।चलचित्रमा प्रेम बस्यालको कथा तथा लक्ष्मी सिवाकोटी निर्जलाको पटकथा रहेको छ भने सङ्गित सुर्य दनुवार राईको छ ।त्यस्तै द्वन्द्व सुरज श्रेष्ठको छ भने चलचित्रको छायांकन मोहनिश श्रेष्ठले गरेका छन्      घनश्याम तिमिल्सिना एन्टिनाद्वारा  निर्देशन गरिएको चलचित्रको    सम्पादन भने बिश्वास भण्डारीले गर्नु भएको छ । 


, , , , , ,