बस्नेतद्धारा अग्नी पिडीतलाइ नगद सहयोग

 सगुन बस्नेत, 

पिडामा परेका नागरिकलाइ केही मात्रामा भए पनी कदम लगाउँन सके मात्र सच्चा धर्म हुने नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले  बताउँनु भएको छ । उँहाले आफुलाइ समस्या पर्दा कस्तो हुन्छ अरुलाइ पनी त्यस्तै हुन्छ जती पिडामा परेकालाइ मात्र थाहा हुन्छ पिडा कस्तो हुन्छ भनेर   पिडामा परेका मानीसलाइ हेरेर होइन केही मात्रमा जो सकेको सहयोग गरेर देखाउँन सके मात्र पिडीतलाइ केही राहात मिल्छ सक्नेले नगद, नसक्नेले श्रम त्यो पनी नसक्नेले मनले सहयोग गर्न पर्छ भन्नु हुँदै बस्नेतले हाफु सिन्धुबासीको पिडालाइ मलम लगाउँदै गर्दा ताप्लेजुङका अग्निपीडितको समाचार सुनेर आफूलाई पीडा भएको बताउँनु भयो  । 

 आफुले यँहाका आगलागी पिडीतलाइ भएको पिडाले आफुलाइ पनी पोलेकोले केही मात्रमा भने पनी शितल हुने मलम लीएर सिन्धुपाल्चोकबाट ताप्लेजुङ आएको बताउँनु भयो । आगलागीको चपेटामा परी कमजोर आर्थिक अवस्थाको कारणले शिक्षाबाट बन्चित हुन नपरोस् भनेर नेता बस्नेतले आगलागी पिडीत विद्यार्थीलाई काठमाडौंको निजी विद्यालयमा पठनपाठनको बन्दोबस्त मिलाईदिने घोषणा समेत गर्नु भएको छ । उँहाले ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सहयोगी मनहरूलाई दुःखको घडीमा सदैव जुट्न अपील गर्दै सहयोग गर्नेहरूलाई धन्यावाद दिनु भयो  ।

 पुर्ब मन्त्री  बरुनेतको पहलमा ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिकाको दोभान  बजारका  अग्निपीडितलाई बिहीबार बिहान दोभान बजारमा विशेष कार्यक्रम को आयोजना गरि  अग्निपीडितहरूलाई१३ लाख १२ हजार ५ सय रुपियाँ आर्थिक सयोग हस्तान्तरण तथा वितरण गरिएको हो  ।नेता बस्नेतको पहलमा नेपाली कांग्रेसले रु. ६ लाख र सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिकाले ७ लाख १२ हजार ५ सय गरि जम्मा रु. १३ लाख १२ हजार ५ सय अग्निपीडित परिवारहरूलाई हस्तान्तरण गरिएको  सो अबशरमा सुनकोशी गाँउपालीकाका अध्यक्ष श्रवण कुमार जिसीले जानकारी दिनु भयो ।   दोभान बजारमा आगलागी हुँदा ५७ घर जलेर नष्ट भएका थिए ।सहयोग रकम हस्तान्तर तथा वितरण कार्यक्रममा सुनकोशी गाउँपालिकाका प्रमुख श्रवणकुमार जिसी, सुनकोशी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष रामकुमार थापा लगायतको सिन्धुपाल्चोकको टोली ले  राहात बितरण गरेको  थियो ।


, , , , ,