डडुवाको जनहित सहकारीमा बद्री नेपाल


सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीका वडा न १४ डडुवामा रहेको जनहित दुग्ध उत्पादक सहकारी सस्थाको २२औ साधरणसभा सम्पन्न भएको छ ।


वडा अध्यक्ष शेर बहादुर श्रेष्ठको प्रमुख अथित्यतामा भएको साधरण सभाले बद्री प्रसाद नेपाललाइ पुन अध्यक्ष चुनेको छ भने बद्री कुमार बस्नेत उपाध्यक्ष रहनु भएको छ । त्यसै गरि सचिबमा बिष्णु प्रसाद नेपाल  कोषध्यक्षमा  भेष बहादुर नेपाल सदस्यहरुमा लोकनाथ नेपाल,राम्जी नेपाल,  खिलाकुमारी नेपाल,धर्मराज नेपाल,बलराम बस्नेत, इन्द्रबहादुर पुरी सदस्य रहेको कार्य समितीको चयन गरेको छ ।

सहकारी सस्थाको उद्धघाटन गर्दै वडाअध्यक्ष शेर बहादुर श्रेष्ठले  सहकारिताका माध्ययमबाट गरेका कामहरुले स्थाइत्व पाउँने बताउँदै डडुवामा नगरले दिएको दुधको अनुदान लिन नसकेको हुँदा आगामी बर्ष समयमा नै अनुदान लिन पर्ने बताउँनु भयो ।

सहकारीका कोषाध्यक्ष भेष बहादुर नेपालले आय ब्यय प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने   बद्री नेपालको सभापतित्वमा कार्यक्रम भएको थियो । साधरण सभामा  बद्री बस्नेतले स्वागत मन्तब्य राख्नु भएको थियो भने उद्धबनेपालले वडाले अनुदानको ब्यबस्था गर्दा सबैलाइ समान गर्न पर्ने बताउँदै उत्पादनमुलक काम गरिरहेका कृषी सहकारीहरुलाइ प्राथमिकता दिन पर्ने बताउँनु भयो ।

कार्यक्रममा उत्कृष्ट दुध बिक्रेतालाइ सम्मान गरिएको थियो भने लोकप्रियसमाचारले सामाजीक सञ्जालमार्फत कार्यक्रमको प्रत्यक्ष प्रशारण गरेको थियो 


, , , , ,