मन्त्रालय द्धारा सभा, जुलुस,रोक

 कोराना महामारीका कारण त्रसित रहेको  नागरिकहरु बिस्तारै सहजता तर्फ उन्मुख हुँदै गइरहेको  बेला फेरी महामारीको जोखीम बढेको छ । पछिल्ला दिनमा छिमेकी देशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्न थालेपछि  नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेसतर्कता अपनाउन देशबासीलाइ अनुरोध गरेको छ ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबार विज्ञप्ति सार्वजनिक निकालेर देशबासीलाइ सतर्क रही स्वास्थ्य मापदण्ड अपनाउँन आुरोध गर्नु भएको छ ।


गौतमद्धारा जारी बिज्ञेप्तीमा छिमेकी देश भारतमा देखिएको संक्रमणको त्रास नेपालमा पनि भएकाले सतर्कता अपनाउन अनुरोध गरेका हुन् । उनले सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न अनुरोध गरिएको छ । सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर रोकथाममा सहयोग गर्न सबैलाइ अनुरोध गर्नु भएको छ । 

, , , , , ,