भोटेकोशी गाउँपालिकामा ओखरको विरुवा वितरण


भोटेकोशी गाउँपालिकामा स्थानियलाई ओखरको विरुवा  वितरण गरिएको छ ।  भोटेकोशी गाउपालिकाको आ.व. २०७७।७८ को कृषि सेवा शाखा अन्तर्गतको स्वीकृत बजेट र संघिय सरकारको समानिकरण अनुदानबाट उक्त विरुवा उपलव्ध गराईएको हो ।


 भोटेकोशी गाउपालिका अन्तर्गत वडा नं.४ को फुल्पिङलाई ओखरको पकेट क्षेत्र बानाउने तयारि का साथ उक्त क्षेत्रमा  बाँझो रहेका खेतियोग्य जमिनहरुमा विरुवा लगाई स्थानियको आयश्रोत बृद्धीका लागि सहयोग पुग्ने भन्दै गाउँपालिकाका उपाध्यक्ष दाबुटी शेर्पा लामा, प्रमुख प्रशासकीय अधिकृत भद्र बहादुर बस्नेत , लेखा प्रमुख, योजना शाखा प्रमुख, प्राविधिक शाखा प्रमुख लगायतको उपस्थितिमा टर्कीको च्यान्दलर जातको ओखरको बिरुवा रोपेर उद्घाटन  गरिएको थियो ।

 त्यसपछि स्थानिय वासिन्दाहरुलाई उक्त विरुवाहरु  बितरण गरीएको हो । साथै उक्त स्थानलाई भविष्यमा ओखरको पकेट क्षेत्र बनाउने समेत लक्ष्य रहेको उहाँहरुले जानकारी दिनुभयो ।


, , , , ,