सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको अध्यक्षमा बस्नेत निर्विरोध


कुमार बस्नेत(अधिराज)


बाह्रविसे । यही २०७७ चैत ७ मा तोकिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको निर्वाचनका लागि अध्यक्षमा होमबहादुर बस्नेत (राजकुमार) निर्विरोध निर्बाचित हुनु भएको छ।महासंघको निर्बाचन तालीका अनुसार बुधबार  १० बजेबाट सुरु भएको उम्मेद्वारी दर्तामा अध्यक्ष पदका लागि बस्नेतबाहेक अन्यको उम्मेद्वारी नपरेपछि उहा निर्विरोध निर्बाचित हुनुभएको  हो ।


बस्नेत हालका बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ  । उहाँ क्षमादेवी समुहसँग आवद्ध हुनुहुन्छ । उहाँ समाजसेवीसमेत हुनुहुन्छ ।उहाँ काँग्रेस निकट भय पनि सबै राजनीतिक दलमा आस्था राख्ने सदस्यहरुले उनलाई समर्थन गरेकाले अध्यक्षमा निर्वरोध हुनुभएको हो ।  आफुलाइ यसअघिकाका सबै अध्यक्षहरु लगायत उद्योग बाणीज्य संघका सबै सदस्य हरु एवम  अध्यक्षका लागि निर्बिरोध गराउँन सहयोग गर्नु हुने सबैमा बिशेष धन्यबाद दीदै बस्नेतले बिधान र बिधी अनुसार संघलाइ अगाडी बढाउँने बताउँनु भयो ।संघको कार्यसमितिको पदाधिकारीका लागि सदस्यबाट प्रक्रियागत रुपमा मनोनित गरि छानिनेछ ।


१७ सदस्यका लागि हुने मतदानका लागि तोकिएको मितीमा मनोनयन दर्तागर्दा ४२ जनाको उम्मेद्वारी दर्ता भएको छ ।

उद्योगी, व्यवसायीहरुको छाता संगठन सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको २५ औं साधारण सभा तथा १० औं अधिवेशनका नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो ।


संघमा २ हजार ३२ सदस्य छन् ।सके सम्म सदस्यहरूपनि सहमतिमा गराउनको लागि बिहीबार छलफल गरिने कार्यक्रम रहेको छ ।सहमति नभय तोकियको मिति चैत्र ७ गते शनिबर १७ जना सदस्यको लागि चुनाव हुने।अध्यक्ष होम बहादुर बस्नेत (राजकुमार)ले बताउनु भयो। बस्नेतलाइ निर्बीरोध गराउँनका लागी उद्योग ब्यबसायीका नेताहरु  लागी परे जस्तै अरु सदस्यहरुका लागी पनी सके सम्म निर्बीरोध गराउँन नेता हरु लागी परिरहनु भएको छ । 


, , , , , , , , ,