नेत्रज्योति कृषि सहकारि द्धारा रासायनिक मल बितरण

 सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढि नगरपालिका वडा न १४ स्थित नेत्र ज्योति कृषि सहकारि सस्थाले कृषकहरुलाई  मल बितरण गरेको छ ।


नेत्रज्योति कृषि सहकारि सस्थाका सचिब मोहन बस्नेत क्षेत्रिका अनुसार गत बर्ष कृषकले मल नपाएर समस्यामा परेको र यश बर्ष पनि त्यस्तै अबस्था श्रृजना हुन लागेको हुँदा सस्थाले मलल्याएर बितरण गरेको बताउनु भयो ।

चौतारासाँगाचोकगढी नगरपालिका वडा न १४मा कृषि सम्बन्धि कार्यक्रमहरु गर्दै खास गिर बाँझो जमिनलाई खेति योग्य बनाउदै काम गरिरहेको नेत्र ज्योति कृषि सहकारि सस्थाले समयमा   आफ्ना शेयर  सदस्यहरुले मल नपायको भन्दै यश बर्ष देखि  आफैले नगरपालिका र कृषि केन्द्र धुलिखेल को अनुमति अनुसार मल ल्यायर बितरण गरेको सस्थाका अध्यक्ष बाबुराम बस्नेतले जानकारि दिनु भयो ।वडा न १४मा मल बितरण गर्नका लागि नेत्रज्योति कृषि सहकारि सस्था लगायत पाँच वटा सहकारिले अनुमति  पाएका छन ।




, , , , , , ,