सुरक्षा सम्वन्धी मापदण्ड अपनाउन शिक्षा मन्त्रालयको निर्देशन

 लोप्रिय समाचार,

शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले माताहतका सबै शिक्षा कार्यलयलाई स्वास्थ्य मापदण्ड अपनाउँन अनुरोध गरेको छ । बुधबार  शिक्षा, विज्ञान तथा प्रबिधि  मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा वसेको बैठकले यस्तो निर्देशन दिने निर्णय गरेको मन्त्रालयद्वारा जारी बिज्ञेप्तीमा जनाइएको छ । 


बैठकले कोभिड–१९ को संक्रमण र त्यसवाट हुने जोखिम समेत वढेर जाने सम्भावना देखिएको हालको सन्दर्भमा यसवाट शिक्षक तथा विद्यार्थीको स्वास्थ्य र शिक्षण संस्थाका कृयाकलापमा पर्न सक्ने प्रतिकूल असरका विषयमा समीक्षा गर्र्दै यस्तो निर्णय गरेको मन्त्रालयका प्रबक्ता सहसचिव दिपक शर्माले जानकारी दिनु भएको छ  । वर्तमान परिस्थितिमा सम्वन्धित सवै सरोकारवालाहरूले सजग र सचेत रही सावधानीपूर्वक परिस्थितिको विश्लेषण गरी शिक्षण संस्थाका कृयाकलापहरू सञ्चालन गर्नुपर्ने धारणा मन्त्रालयको रहेको छ । सबै प्रकारका शिक्षण संस्थाहरूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य र सुरक्षा सम्बन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहवाट स्थान विशेषमा तय गरिएका थप मापदण्डहरूको पूर्ण रूपमा पालन गर्नुहुन, शिक्षण संस्थाहरूमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, सावुन पानिले हात धुने, ज्वरो नाप्ने र  कसैमा संक्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी वनाउनु हुन मन्त्रालयले अनुरोध गरेको छ  ।  शिक्षण संस्थाहरूमा सभा, समारोह, वार्षिक उत्सव जस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रमहरूको आयोजना नगर्न नगराउन समेत मन्त्रालयले सम्वद्ध सबैमा हार्दिक अनुरोध गरेको छ  । 

विशेषतः विद्यालयहरूले दैनिक पठन पाठन सञ्चालन गर्दा भीडभाड नहुनेगरी सञ्चालन गर्ने व्यवस्था मिलाउनुका साथै मन्त्रालयले जारी गरेको “विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा, २०७७“ को पूर्ण रूपमा अनुसरण गर्नुहुन र उक्त कार्याढाँचाको अधिनमा रही मास्थानीय सरकारवाट निर्णय भएबमोजिम गर्नु गराउनु हुन  मन्त्रालयले पुनः अनुरोध गरेको छ  ।

, ,