अध्यक्ष कप फुटबल भुम्लुको उपाधी दुलालेश्वरलाइ


एकराज श्रेष्ठ।

काभ्रे पलाञ्चोक जिल्लाको भुम्लु गाँउपालीकामा आयोजित भुम्लु अध्यक्ष फुटबल प्रतयोगितामा आयोजक सस्था दुलालेश्वर बातावरणिय तथा समाज सेवा क्लबले हाता पारेको छ । भुम्लु गाउँ पालिका काभ्रेको मुख्य प्रवद्धनमा र दुलालेश्वर बातावरणिय तथा समाज सेवा क्लबको आयोजनामा संचालन भएको अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता २०७७ फाल्गुण २९ देखि चैत्र ९ गते सम्म सञ्चालन भएको थियो। प्रतिस्पर्धामा १४  वटा टिमको सहभागी ता रहेको उक्त प्रतियोगितामा पहीलो हुने लाइ नगद रु १ लाख र दोस्रोलाइ नगद रु ५० हजार पुरस्कार  राखिएको उक्त खेलमा आयोजक टिमले नै प्रथम पुरस्कार हासिल गरेको थियो। साइनिङ्ग युवा क्लव भुम्ल संगको प्रतिस्पर्धामा २-० ले जित हासिल गरेको थियो।


भने दोश्रो उपाधी भने साइनिङ्ग स्टार युवा क्लव भुम्लुले हात पारेको छ । कार्यक्रमको प्रमुख अतीथी पालिका अध्यक्ष गुमानध्वज कुवर ले  खेकुदको बिकास भयो भने मात्रमनागरिकको बिकास भएको मान्नु  पर्छ मानीस स्वस्थ्य रहनका लागी पनी खेलकुदको बिकास हुन पर्ने जरुरी रहेको आफुले महशुस गरेको बताउँनु भयो । उँहाले   नागरिकलाइ स्वास्थ्य राख्नका लागी पनी खेल मैदानलाइ स्तउन्नती गर्ने आगामी बर्षहश्रमा अझ बढी सहभागीता गराएर पहीचान युक्त खेल प्रतियोगिता गर्दै जाने बताउँनु भयो । भनिन्छ खेलकुद स्वास्थको लागि सबै भन्दा उत्तम मानिन्छ। टोल समाज ,गाउँ,शहर बजार  देशलाइ चिनाउने  माध्यमहरु मध्य खेलकुद पनि एक हो ।खेल जगतमा लोकप्रिय खेल मध्य फुटबल  प्रमुख रुपमा आउँछ। यीनै लोकप्रियताको आधारमा आफ्नो स्थानको नामलाइ चिनाउन भुम्लु गाउँ पालिकाको सहयोगमा समाज सेवा क्लबले  दोलालघाटमा अध्यक्ष कप फुटबलको आयोजना गरेको क्लवका अध्यक्ष  अष्ट बहादुर श्रेष्ठले बताउानु भयो । उँहाका अनुसार गाउँ पालिकाबाट सहयोग गरिएको ४लाख सहित करिव  ७ लाख खर्च भएको छ । संस्थापक अध्यक्ष सुरेश कुमार कक्षपति को पालामा २०५४ साल माघ महिनामा आज भन्दा २३ बर्ष अगाडि भएको यसै प्रकारको प्रतियोगितालाइ निरन्तरता दिई दोलालघाट समाजलाइ पालिका कै अब्बल स्थानमा र खेलकुद प्रेमिहरुको लागि हौसला बढाउने उधेश्यका साथ उक्त प्रतियोगिताको आयोजना गरिएको  े समेत श्रेष्ठल बताउनु भयो । नक आउट गेमको आधारमा छनौट भएको उक्त प्रतियोगितामा दोलालघाट उधोग बाणिज्य संघ,दोलालघाट पर्यटन प्रवद्धन तथा समाज बिकास केन्द्र,सकारी संजाल,हाम्रो दोलालघाट राम्रो दोलालघाट  लगायत दोलालघाट मा अवस्थित संघ सस्थाहरुको बिशेष सहयोगमा सम्पन्न भएको थियो। 


, ,