तामाङ संस्कृति संरक्षण तथा सुधार विषयक गोष्ठी


देवराज सुबेदी 

नेपाल आदिवासी जनजाति महासंघ, मेलम्ची नगर समन्वय परिषदको आयोजनामा आदिवासी तामाङ संस्कृति परम्परा संरक्षण तथा सुधार विषयक गोष्ठी सोमबार मेलम्चीमा सुरु भएको छ ।


दुई दिनसम्म चल्ने सो कार्यक्रमको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल, उपप्रमुख भगवती नेपालले उद्घाटन गर्नुभएको हो । कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख डम्बर अर्यालले तामाङ समुदाय लगायत सम्पूर्ण जनजातिको भाषा संस्कृति जगेर्ना गर्न नगर सदैव तत्पर रहेको बताउनुभयो ।नगरभित्रका तामाङ समुदायको संस्कृति, परम्पराको संरक्षण, विकास र प्रवद्र्धनका लागि कार्यक्रम आयोजना गरिएको आदिवासी जनजाति मेलम्ची समन्वय परिषदका अध्यक्ष रामभक्त दनुवारले जानकारी दिनुभयो । गोष्ठीमा धर्मगुरु दावा साङ्बो लामा, नेपाल तामाङ घेदुङ केन्द्रीय कार्यसमिति भाषा, साहित्य तथा प्रशिक्षण विभाग प्रमुख एवं जनजाति महासंघ, वाग्मती प्रदेश परिषद अध्यक्ष काजीमान तामाङले सहजीकरण गरिरहनुभएको छ । कार्यक्रम मेलम्ची नगरपालिकाको सहयोगमा भएको हो ।महासंघले यसअघि नगरभित्रका वडा वडामा गएर तामाङ जातिको संस्कारबारेमा अन्तरक्रिय कार्यक्रम गरेको थियो । कार्यक्रममा वडाका ५ जना सहभागी रहेको आयोजकले जनाएको छ ।


, , ,