तिनमहीनादेखी कृषकले पाएनन दुध को मुल्य


नेत्र बहादुर बस्नेत 

दुग्ध बिकास सस्थानले दुध  खरिद गरेको रकम भुक्तानी नदीदा कृषक मारमा परेका छन । आफुले खाइ नखाइ खर्च नेपाल मा कृषी पेशामा लागेका मानीसहरलाइ जसो गरे पनी शुख पाएका छैनन  ।  कहीले मलको समस्यामा परेका छन भने कहीले बिउ , अनी कहीले औषधीको  समस्यामा परेका छन । अहीले भने  हामीलाइ प्राप्त समचार अनुसार सबैको बिश्वासिलो मानीएको दुग्ध बिकास सस्थानले समेत पौष महीना देखी हाल सम्म पनी दुधको पैसा दिएको छैन । 


दुध बेच्ने गरेका कृषकहरुलाइ  दुध बिक्रीबाट पशुपालनका्े लागी ल्याइएको दाना त्यसबाट हुन पर्ने घर खर्च  समेत चलाउँन समस्या परिरहेको अबस्थामा पनी आफुले बिक्री गरेको  दुधको भुक्तानी नपाउँदा समस्यामा परिरहेका छन । चौतारा साँगाचोकगढी नगरपालीकाले घोषणा गरेको दुधको अनुदान वडा नं १४ डडुवाले पाएको छ्रैन भने  यस सम्बन्धमा जनहित दुग्ध उत्पादक सहकारी सस्था डडुवाका अध्यक्ष बद्री नेपालले  नगरपालीकाले यस सस्थालाइ अनुदान नदीएकाले  दुध बिक्रेतालाइ दिन नसकेको बताउँनु भयो ।

हर्रे गोल्मा देबी दुग्ध उत्पादन सहकारी सस्था का  सचिब रहर बहादुर तामाङ्गका अनुसार  यस सस्था अन्तरगतका घँसेहरुलाइ नगरपालीकाबाट दिइने अनुदान त दिएका छैनन तर दुग्ध बिकास सस्थानले समेत रकम दिएको छैन । मासिक दस लाखका दरले बितरण गरिन पर्ने रकम तिन महीना बितेर चार महीना  लागी सक्यो तर पनी भुक्तानी नपाउँदा के गरि ब्यबहार मिलाउँने पसलमा उधारो  किनेको ढुटोको पैसा मागेर साहुले अरु सामान दिन छाडेयो  अनी औषधी किन्न पनी समस्या पर्यो भन्दै कृषको रुवाबासी जस्तेै चलेको छ । उता नगरपालीकामा सम्पर्क गर्दा कृषी शाखा प्रमुख अर्जुन खड्काले कसैलाइ पनी  नदीएको बताउँनु भयो । यस बिषयमा दुग्ध बिकास सस्थाका  महाप्रबन्धक  रुद्र प्रसाद पौडेल सँग सम्पर्क गर्दा  साढे दूइ महीनाको दुधको पैसा भुक्तानी दिन बाँकी रहेको स्वीकार गर्दै देशभरिबाट जम्मा भएका दुध को परिणाम भन्दा  धेरै कम परिणाममा दुध बिक्री भएको र बाँकी रहेको दुधलाइ पनी पाउडर बनाइ खपत गराएर बिक्री गरि दुधको भुक्तानी दिन पर्नेमा यस बर्ष दुध बढी आएको  पाउँडर बिक्री कम भएकाले केही समय ढिलो हुन गएको बताउँनु भयो । उँहाका अनुसार अनुमानीत दैनिक १७५०००। एक लाख पचहत्तर हजार  लिटर दुध संस्थामा जम्मा हुन्छ तर दैनिक १०५०००। एकलाख पाँच हजारको सेरोफेरोमा मात्र दुध बिक्री हँदा समयमा  दुधको भुक्तानी दिन समस्या परेको हो  । सिन्धुपाल्चोक , काभ्रे, र भक्तपुर जिल्ला बाट मात्र देनकि जसो बिसहजार भन्दा माथीको परिणाममा दुध दुध बिकास सस्थानले लिने गरेको छ  ।   


, , , , , ,