जिवन श्रेष्ठको उम्मेद्वारी पत्रकार महासंघ सिन्धुपाल्चोकमा

सिन्धुपाल्चोक


रामचन्द्र बस्नेत


तत्कालीन प्रेस सेन्टर सिन्धुपाल्चोकका अध्यक्ष जिवन श्रेष्ठलाइ नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकमा हुन लागेको ११ औँजिल्ला अधिवेसन तथा आसन्न निर्वाचनमा निर्बिरोध उम्मेद्वारीको लागि निर्णय गरेको हो ।

आज दिउसो राजधानीमा भएको तत्कालीन प्रेस सेन्टर तर्फको बैठकबाट यस्तो निर्णय गरिएको र अन्य पदका लागि भने पछि फलफल गरिने निर्णय भएको जानकारी प्राप्त भएको छ ।संगठनका तर्फबाट अन्य संगठनसँग आवश्यक समन्वय र छलफलका लागि ३ सदस्यीय कार्यदल गठनसमेत गरिएको संगठनका सहसंयोजक अशोक पराजुलीले जानकारी दिनुभयो । कार्यदलमा दिनेश दुलाल, रामकृष्ण थापा र टीका दाहाल रहनेछन् ।