माओवादी हेलम्बुको विस्तारित बैठक



नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र हेलम्बु गाउँपालिकाले विस्तारित बैठक पार्टीका बागमती प्रदेश सचिवालय सदस्य चन्द्रबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ ।बैठकमा बोल्दै प्रमुख अतिथि थापाले देश माओवादी केन्द्रको एजेन्डामा चलिरहेको बताउँदै परिवर्तन विरोधी र प्रतिगामीहरुले फैलाएको भ्रमलाई चिर्दै जनताको बिचमा गएर पार्टीलाई फेरि बलियो र एकताबद्ध बनाउन सबै नेता कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो । 


माओवादी केन्द्रले आजैदेखि हेलम्बु गाउँपालिका वडा २ स्थित चनौटे बजारमा पार्टीको गाउँपालिका कार्यालय पनि स्थापना गरेको नेता समीर गिरिले जानकारी दिनुभयो ।सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र साविककै अवस्थामा कायम रहेको निर्णय गरेसँगै माओवादी केन्द्र सिन्धुपाल्चोकले सबै स्थानीय तहहरुमा बैठक तथा कार्यक्रम गर्दै आइरहेको छ ।




, , , , ,