सिन्धु सिन्धु एमालेको अभियान तिब्र गतिमाको अभियान तिब्र गतिमा


बिपना तामाङ्ग, नेपाल कम्युनिस्ट पार्टी एमाले सिन्धुपाल्चोकले आफ्नो संगठन विस्तार तिब्र गतिमा लगाडि बढाइरहेको छ ।बिशेष गरि  पाटी बिभाजन पछी तिब्र रुपमा सगठन बिस्तारमा लागेको एमाले ले सगठन बिस्तारमा तिब्रता दिएको हो ।


यसै सन्धर्भमा चौतारा सागाचोकगढी नगरपालिका वडा नं. ११ मा चैत १५ गते सागाचोकमा नेकपा एमालेको वडा भेला क सुदनराज गिरिको सभापतित्व र उमेश गिरिको सञ्चालन मा सम्पन्न भएको छ ।  भेलामा रेशम भुजेलको अध्यक्षतामा १३ सदस्यीय कमीटी बनेको जिल्ला  कमीटीका सदस्य खिल बहादुर श्रेष्ठले जानकारी दिनु भयोृ । उँहाका अनुसार  मेनुका पराजुलि सचिव ,सिदार्थ गिरि कोषाध्यक्ष रहेको १३ सदस्य वडा कमिटि गठन भएको हो । यसै गरि भेलाले प्रदीप गिरि को अध्यक्षतामा  नेपाल राष्ट्रिय युवा संघ गठन गरिएको छ । जसमा  रोजित गिरि सचिव र हरिशरण गिरि कोषाध्यक्ष रहेर ४७सदस्य रहनु भएको छ । भेलाले कमला गिरि अध्यक्षको अध्यक्षतामा  अखिल नेपाल महिलासंघ समेत गठन गरेको छ । जसमा  मेनुका पराजुलि सचिव र   माया लामा कोषध्यक्ष रहेको ३९ सदस्य वडा कमिटी गठन गरिएको छ । कार्यक्रमको प्रमुख अतिथीबाट बोल्दै पुर्व माननीय एमाले नेता  कृष्णराज श्रेष्ठले एमाले अब जनताको पक्षमा मात्र लाग्ने नेतको पक्ष्मा नलाग्ने बताउँनु हुँदै जनात नै सबै भन्दा ठुला हुन भन्ने पाटीको धारणा रहेको बताउँनु भयो ।  जिल्ला कमिटि सदस्यहरू बालकुमारी सापकोटा रामचन्द्र बस्नेत ईन्द्र नेपाल शुक्रराज प्याकुरेल र खिल बाहादुर श्रेष्ठ लगायतले वर्तमान राजनिती परिवेश र एमाले संगठन बारे आ आफ्नो धाराणा व्यक्त गर्नु भएको थियो । कार्यक्रममा जिल्ला सदस्य राधाकृष्ण गिरि युवासंघका जिल्ला ईश्वर गिरी र विविसन गिरि लगाएत स्थानीय कार्यकर्ता तथा नेताहरुको उपस्थित रहेको थियो ।




, , ,