कोरोना सङ्क्रमणबाट धुलिखेल अस्पतालमा १जनाको मृत्यु

 
निमोनियाका कारण धुलिखेल अस्पतालमा उपचाररत दोलखाका एक पुरुषको मृत्यु भएको छ ।
 उपचारका क्रममा बिहीबार मृत्यु भएका ६२ वर्षीय पुरुषको कोभिड–१९ परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । 


दोलखाको विगू गाउँपालिका निवासी ती पुरुष निमोनियाको लक्षण देखिएपछि उपचारार्थ बुधबार राति काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल भर्ना हुनुभएको र उनको उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो । मृत्युपछि शङ्का लागेर कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको अस्पतालका आकस्मिक विभाग प्रमुख डा सानुकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।