सिन्धुपाल्चोक प्रहरीद्धारा होलीको दिनमा ७०सवारी साधन कार्बाही


जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले  “सवारी दुर्घटना न्युनिकरण विशेष अभियान २०७७” अन्तरगत होलि  पर्वलाई लक्षित गरी  विशेष सुरक्षा योजना बनाई जिल्लाका विभिन्न ठाँउहरु सवारी चेक जाँच गरेको छ। प्रहरीले मेलम्चि, बाह्रबिसे, तातोपानी, ठुलोपाखर, वनदेउ, खाडिचौर र चौताराको विभिन्न ठाँउहरुमा  ट्राफिक प्रहरी सहितको संयुक्त रुपमा सवारी साधन चेकजाँच गरि ट्राफिक नियम उलङ्घन गर्ने सवारीसाधनलाई  नियन्त्रण तथा कार्बाही गरेको छ ।


चेकजाँचको क्रममा कागजपत्र साथमा नरहेको,मा.प.से. गरेको, साईलेन्सर निकालेर ध्वनि प्रदुषण गरेको, मोटरसाईकल मोडिफाई गरी चलाएको, हेलमेट नलगाएको र सिट क्षमता भन्दा बढी यात्रु बोकेको जस्ता गल्ति गरेको ७० वटा सवारी साधनलाई कार्बाही गरेको छ । जसमध्ये १७ वटा मोटरसाईकललाई नियन्त्रणमा लिई दिनभरी होल्ड गरेर साझ सम्झाई बुझाई गरी जरिमाना स्वरुप कार्बाही गरी सवारी धनिको जिम्मा लगाई छोडिएको छ ।यसरि ७० वटा सवारीसाधनलाई कार्बाही गरी एकैदिनमा ७५,५००।– ( पचहत्तर हजार पाँच सय रुपैया) राजस्व सङ्कलन गरेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिनु भयो  ।


, , , , ,