प्रहरीद्वारा अनाबश्यक हिडडुल गर्न रोक

 लोकप्रिय समाचार,

जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले खनाबश्यक भिडभाड नगर्न र सके सम्म घर भित्रै बस्न जिल्ला बासीलाइ अनुरोध गरेको छ । कोरोना भाइरसबाट लाग्ने कोभिड—१९ को दोस्रो लहर शुरु भएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले सचेतनाका लागि माइकिङ अभियान शुरु गर्दे यस्तो अनुरोध गरेको हो । विशेषगरी आँउदै गरेको होली पर्वमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै सकेसम्म घरमै होली मनाउन र घर बाहीर निस्कीदा अनिवार्य मास्कको प्रयोग गर्न समेत अनुरोध गरिएको छ ।


माइकिङको क्रममा जिल्लाबासीलाई सार्वजनिक स्थालमा जाँदा अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरिएको छ । भौतिक दुरी कायम गर्न, अनावश्यक भिडभाड नगर्न तथा सकेसम्म घरभित्रै बस्न प्रहरीले अनुरोध गरेको छ । माइकिङको क्रममा बेलाबेलामा साबुनपानीले हात धुन र सेनीटाइजारको प्रयोग गर्न समेत सुझाव  दिइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी सहायक निरिक्षक घनश्याम नेपालले जानकारी दिनु भयो  । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले अनाबश्यक घर बाट बाहीर नहीड्न हिड्नै परे सुरक्षाका मापदण्ड प्रयोग गर्न का लागी नागरिकलाइ अनुरोध गर्दै जिल्लाको सदरमुकाम चौतारामा माइकिङ्ग गरेको हो । उद्योग वाणिज्य संघका प्रतिनिधि निर्मल बस्नेत, निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकका सचिव शिव श्रेष्ठ लगायतका व्यक्तिहरु को उपस्थितीमा चौतारा बजार आसपासका गाउँहरुमा समेत माईकिङ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकृत प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले अनावस्यक भिडभाड गर्ने स्वास्थ्य मापदण्ड नअपनाउनेलाई कारवाहि गरिने हुँदा स्वास्थ्य मापदण्ड अपनाउनका लागि यो चेतनामुलक माईकिङ गरिएको वताउनुभयो । 

,