बलेफीको कपिलेश्वरमा नौका शिल्यान्यास





 
लोप्रिय समाचार,

सिन्धुपाल्चोक जिल्ला को बलेफी गाँउपालीकामा पर्ने कपिलेश्वर मन्दिर परिसरमा नौकाको एक समारोहका बिच  शिलान्याश गरिएको छ  । बागमती प्रदेश सभाका सांसद सरेश नेपालले बिहीबार एक समारोहका बिच कपिलेश्वर मन्दिर परिसरमा नौका शिलान्याश गर्नुभएको हो । शिल्यान्यास  कार्यक्रममा  नौका  आकारको पर्यटकीय आकर्षण केन्द्र शिलान्यास गर्दै प्रदेश सांसद  नेपालले प्रदेश सरकार  विकास र समृद्धिको बाटोमा अघि बढिरहेको बताउनुु हँुदै पर्यटन बिकासका माध्यमबाट सिन्धुपाल्चोकको मुहार फेर्न सकिने बताउनुुभयो ।

 विकास योजनाका नाममा प्रदेश सरकार हरेक बिकासका कामहरु लिएर गाँउ गाउँका बस्तिमा पुगिरहेको छ,   हरेक नागरिकले बिकासको मुख हेर्न पाइ रहेका छन भन्नु भयो । कार्यक्रममा उँहाले यस्ता प्रकारका प्रकृतीक संरक्षण गरेर पर्यटकीय स्थल बनाउँन सके आयश्रोतमा बृद्धी हुनुका साथै स्थानीय पहीचानलाइ समेत सहयोग हुने बताउँनु भयो ।

 सो अबशरमा मूख्यमन्त्री बिशेष  कार्याक्रम अन्तर्गत  बलेफी गाउँपालिकास्थित सुनकोसी र ब्रम्हायणीको दोभानमा अवस्थित कपिलेश्वर महादेव मन्दिरलाई नौका आकृतिमा सजावट गर्न लागिएको बताउँनु भयो । कार्यक्रममा बागमती प्रदेश सरकारको लगानीमा सुनकोसी र ब्रम्हायणीको दोभानमा नौका आकारको संरचना बन्ने भए पछी गाँउपालीका मात्र नभइ सिङ्गो सिन्धुपाल्चोककै पहीचान हुने गाँउपालीकाका उप प्रमुख कमला श्रेष्ठ(कायस्थ)ले  बताउँनु भयो । 

उँहाले प्रदेश सांसद सरेश नेपालको पहलमा कपिलेश्वर महादेव मन्दिर परिसरलाई  नमुना पर्यटकीय केन्द्र बनाईन लागिएको र यसका लागी  प्रदेश सरकारको ८० लाख र स्थानीय जनश्रमदानबाट ८ लाख व्यहोर्ने गरि नौका आकारको पर्यटकीय संरचना निर्माण गर्न लागिएको बताउँनु भयो ।  नौका आकारको पर्यटकीय आकर्षण केन्द्रको शिलान्यास भएपछि बलेफी बजार र आसपासमा खुसीयाली छाएको छ । दोभानमा रहेको शक्ती शाली कपिलेश्वर महादेव मन्दिरलाई  पर्यटकीय केन्द्रका रुपमा बिकास गर्ने सपना प्रदेश सरकारले पुरा  गर्ने भए पछी स्थानीयहरु खुशी भएका हुन 

, , , ,