पसल चोरी गर्ने पक्राउ


सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपालधाप गाउँपालिका ७ का १९ वर्षीय सुकविर तामाङ पसल चोरी गरेको आरोपमा पक्राउ परेको समाचार प्राप्त भएको छ ।सिन्धुपाल्चोकको मेलम्चीबजारमा पसल चोरी गरेर भाग्ने क्रममा तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक प्रकास सापकोटाले जानकारी दिनु भएको छ  ।



फागुन २२ गते राति तामाङले मेलम्ची नगरपालिका २ का मणिप्रसाद खतिवडाको पसल फोडेर खाद्यान्न, रिचार्ज कार्डलगायत करिब २० हजार बराबरको सामान  चोरी गरेर तामाङ फरार रहेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो  ।


ईलाका प्रहरी कार्यालय मेलम्चीबाट खटीएको प्रहरी टोलिले निरन्तर खोजतलास गर्ने क्रममा तामाङलाई पक्राउ गरी बुधबार चोरी सम्बन्धि कसुर मुद्दामा थप अनुसन्धान गरिरहेको सुचना अधिकारी  सापकोटाले जानकारी दिनु भएको छ  ।


, , , ,