जोशीको निधन काँग्रेसद्धारा शोक ब्यक्त


कुमार बस्नेत (अधिराज)नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य पुर्ब मन्त्री नविन्द्रराज जोशीको काठमाडौं थापाथली स्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको छ । उँहाको शबलाइ  शनीबार अन्तेष्टी गरिएको छ ।


उँहाको निधन प्रती नेपाली कााग्रेसले गहीरो दुख ब्यक्त गर्दै श्रदान्जली ब्यक्त गरेको छ । काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडल द्धारा जारि बिज्ञेप्तीमा नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री, काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर, पूर्व मन्त्री, नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य माननीय नविन्द्रराज जोशीको काठमाडौं थापाथली स्थित नर्भिक अस्पतालमा उपचारको क्रममा गए राति भएको दुःखद निधनले हामीलाई मर्माहत तुल्याएको छ भनीएको छ । बिज्ञेप्तीमा स्व. जोशी विद्यार्थी जीवन देखि नै सक्रिय राजनीतिमा हुनुहुन्थ्यो ।

पञ्चायत विरुद्ध राजनीतिक आन्दोलनमा सक्रिय रहँदा पटकपटक गिरफ्तार हुनुका साथै सत्याग्रहमा भूमिगत जीवन समेत व्यतित गर्नु भएको बताइएको छ । नेपालमा भएका हरेक लोकतान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएका स्व. जोशीले नेपाली कांग्रेसको विभिन्न तहमा रहेर पार्टी संगठन, सुदृढिकरण एवं विस्तारमा अतुलनीय योगदान पु¥याउनु भएको  जनाइएको छ । 

वि.स. २०६४ र २०७० सालमा सम्पन्न भएका संविधान सभा निर्वाचनहरुमा काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं. ८ बाट निर्वाचित हुनु भएका नेता जोशी २०७३ सालमा उद्योग मन्त्री समेत हुनु भएको थियो ।नेपाली राजनीतिमा उहाँ एक निष्ठावान, इमान्दार, जुझारु र जनसेवामा समर्पित नेताको रुपमा परिचित हुनुहुन्थ्यो । शैक्षिक एवं सामाजिक क्षेत्रमा सदैव अग्रसर रहँदै आउनु भएका नेता जोशीको निधनले राष्ट्र र नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको बिज्ञेप्तीमा उल्लेख छ ।  बिज्ञेप्तीमा उहाँको निधन प्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रञ्द्धाजली अर्पण गर्दछ । दुःखको यस घडीमा शोक सन्तप्त परिवारजन प्रति समवेदना प्रकट गर्दछ भनीएको छ ।  यसै बिच सिन्धुपाल्चोकमा पनी  जोसिको निधन प्रती श्रदन्जली  सभा गरिएको छ । जिल्लाको जुगल गाँउपालिका  नेपाली काँग्रेस  वडा नः३र४ ले सयुक्त रुपमा उक्त सभाको आयोजना गरेको  छ ।नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवम्  पुर्व मन्त्री नविन्द्र राज जोशीको असामयिक निधनको दुःखद क्षणमा सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं ३ र ४ द्वारा आयोजित श्रद्धाञ्जली तथा कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै  ,प्रमुख अतिथिः  नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य, पुर्व सूचना तथा सन्चार मन्त्री, पार्टी खेलकुद विभाग प्रमुख,मोहन बहादुर बस्नेतले नेता जोसि को निधनमा गहिरो दुख ब्यक्त गर्दै काँग्रेस ले एक हुनहार   निस्ठावन नेता गुमाउन परेको बताउनु भयो । सो अबशरमा नेपाली काँग्रेसमा प्रबेश गर्नु भएका नब प्रबेसि नेता तथा  कार्य कर्ताहरु को कार्य क्षेमता अनुसार ब्यबस्थापन गर्ने र जुगल को बिकासका लागि कुनै कसुर बाँकि नराख्ने पनि बस्नेत ले बताउनुभयो । कार्यक्रम मा बोल्दै बिशेष अतिथी नेपाली काँग्रेसका केन्द्रीय सदस्य  बिष्णु बिक्रम थापाले सँधै आफु सिन्धुपाल्चोकमा आफ्नो कार्यक्षेत्र मा कार्यकर्ता माज रहि सँधै  जनताको सेवामा रहनि प्रतिबद्दता जनाउनु भयो। कार्यक्रममा जुगल गाँउपालिका  बाट एमाले ,माओबादि,पुर्ब जनमुक्ति सेना लगाएतका  २०० भन्दा बढीनेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा  प्रबेस गर्नू भएको थियो ।कार्यक्रममा प्रमुख अतिथी बिशेष अतिथीहरुद्धारा  नव प्रबेशीलाइ स्वागत गरिएको थियो । 


, , , ,