पाँचपोखरीमा स्थानीय पाठ्यपुस्तक लेखन कार्यशाला सुरु

 





देबराज सुबेदी 

पाँचपोखरी थाङपाल गाँउपालिकाको स्थानीय पाठ्यपुस्तक लेखनसम्बन्धी तीनदिने कार्यशाला मानेखर्कमा सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष टासी लामाले शनिबार कार्यशालाको उद्घाटन गर्नुभएको हो ।


कक्षा २, ३ र ६ को स्थानीय पाठ्यपुस्तक तयार पारी प्रकाशन गर्नका लागि कार्यशाला आयोजना गरिएको वडा नम्बर ३ का अध्यक्ष ङिमछिरिङ तामाङले जानकारी दिनुभयो । यसअघि गाउँपालिकाले कक्षा १ को स्थानीय पाठ्यपुस्तक प्रकाशन गरिसकेको छ । कार्यशालामा राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख बाबुराम ढुंगाना, शिक्षाविद् बौद्घराज निरौलाले सहजीकरण गरिरहनुभएको छ । कार्यशालामा पालिकाका शिक्षकहरु सहभागी छन । नेपालको हालको संविधानले माध्यमिक तहसम्मको शिक्षाको व्यस्थापनमा स्थानीय तहमा अधिकार प्रत्यायोजन गरिसकेको छ । स्थानीय पाठ्यपुस्तकमा यस क्षेत्रका प्राथमिकताका विषय   र स्थानीय स्तरका भाषा, संस्कृति एवम् ऐतिहासिक कुराहरु समावेश हुने गाउँपालिकाका अध्यक्ष लामाले जानकारी दिनुभयो ।



, , , , , , ,