उद्योगबाणीज्यसंघमा बस्नेतको सम्भावना

 

कुमार बस्नेत (अधिराज)


 सिन्धुपाल्चोकका उद्योगी व्यावसायीहरु चुनावी मैदानमा उत्रिएका छन् । उद्योगी व्यावसायीहरुको छाता संगठन सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको २५ औ साधारण सभा एवम १० औ अधिवेशनबाट नयाँ नेतृत्वको लागि निर्वाचन नै हुने भएको छ ।


एक अध्यक्ष सहित १७ सदस्य पदका लागि धेरै उद्योगी व्यावसायीहरुले आकँक्षा व्यक्त गरेका छन् । २ हजार ३२ कुल सदस्य रहेको सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको निर्वाचन चैत ७ गते हुँदैछ । उमेद्वारहरुले मनोनय भने बुधबार १० बजे देखि ५ बजे सम्म गर्ने कार्यक्रम रहेको उद्योग बाणिज्य संघ सिन्धु्पाल्चोकका एक सदस्य ले बताउनु भयो

सर्वसम्मत रुपमा नेतृत्व छनोटको कसरत भएपनि यो समचार तैयार पार्दा सम्म अकाक्षीहरु धेरै भएकाले समस्या भएको र निर्वाचनको माध्यमबाट नै अध्यक्ष लगायत सदस्यहरुको छनोट गरिने भएको  छ।

अध्यक्षमा भने अहिलेका बरिष्ठ उपाध्यक्ष होमबहादुर बस्नेत(राजकुमार) निर्वीरोध हुने सम्भावना रहेको छ । क्षमादेवी रुपका सञ्चालक समेत रहनु भएका बस्नेत सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहनु भएको छ । त्यसैले पनी उँहाको  सम्भावना बलीयो रहेको ‘बस्नेत निर्विरोध हुने सम्भावना छ, र निर्वाचन नै भएमा पनि बस्नेतले नै जित्ने सम्भावना रहेको छ । 

उद्योगी व्यावसायी माझ लोकप्रिय छबी बनाउँनु भएका अध्यक्षका उमेदवार बस्नेतले नेपाली कांग्रेस,एमाले,माओवादी केन्द्र,राप्रपा लगायतका दलहरुबाट समेत समर्थन हुने स्रोतको दाबी छ  

सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका पुर्व अध्यक्षहरु हरिशरण श्रेष्ठ,विष्णु खत्री,राजेन्द्रकुमार श्रेष्ठ,कमलकुमार श्रेष्ठ र वर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठको समर्थन समेत बस्नेतलाई नै रहने सम्भावना भएका कारण पनी   निर्वीरोध हुने बढी सम्भावना रहेको छ ।

अध्यक्ष सहीत  १७ सदस्य प्रत्यक्ष निर्वाचीत भएपछि १३ जना भने मनोनीत हुने अध्यक्ष को उम्मेदवार होम बहादुर बस्नेतले  जानकारी दिनुभयो । तातोपानी नाका,जलविद्युत आयोजना र क्रसर उद्योगहरु सिन्धुपाल्चोकमा धेरै भएकाले पनि उद्योगी व्यावसायीहरुको चुनावलाई सबैले चासोका साथ लिएका छन


, , , , , , ,