सामुदायिक सिकाई केन्द्रद्वारा छात्रावृति प्रदान


फागुन २९ कुमार बस्नेत 

थुम्पाखर सामुदाईक सिकाई केन्द्र ले छात्रावृत्ती प्रदान गरेको छ । सिन्धुपाल्चोक जिल्ला सुनकोसी गाँउपालिका वडा नं. ६ थुम्पाखर सामुदायिक सिकाई केन्द्रले शनिवार बार्षिक साधरण सभाको अवसरमा छात्रावृत्ती प्रदान गरेको हो । केन्द्रले आयोजना गरेको उक्त कार्यक्रममा सभापतित्व चक्र बहादुर बस्नेत ले गर्नु भइको थियो । प्रमुख अथिति सुनकोशी गाएपालिका वडा नं. ६ का वडाध्यक्ष रामकुमार थापाले गर्नु भएको थियो ।


 कार्यक्रममा  जेष्ठ नागरिक तथा बिद्यार्थीहरूलाई नगद छात्रावृति कार्यक्रमको प्रमुख अथिति मार्फत वितरण भएको हो । यसै कार्यक्रममा सुनकोशी गा.पा. –६ का स्थनिय समाजसेवी तारा बहादुर बस्नेत(केसब)ले श्री महेन्द्रोदय मा.बि.को अक्षयकोसमा  जम्मा हुनेगरि नगद रू ५१,५०० (एकौन्न हजार पाँच सयमात्र ) सयोग गर्नु भयो । उक्त रकम प्रमुख अथिति तथा ब्यबस्थापन समितिका अध्यक्ष समेत रहनु भएको रामकुमार थापा को हात बाट महेन्द्रोदय मा. बि.का शिक्षिका जानुका खत्रीलाई हस्तान्तरण गर्नु भएको थियो ।


 कार्यक्रम मा सम्पुर्ण शिक्षा,  स्वस्थ्य ,खेलकुद लगाएतका बिकासका छेत्रमा थप उत्साहजनक रूपमा कार्यक्रमहरू ल्याउने र  बिकासको क्षेत्रमा आफ्ना वडालाई नमुना वडा बनउने समेत अध्यक्ष थापाले बताउनु भयो । 


, , , ,