पर्वतको पकुवामा सहकारी सचेतना कार्यक्रम

 लोकप्रिय समाचार,

पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. ११ मा सहकारी सचेतना तालिम बिहीवार सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्थाको आयोजना तथा साना किसान विकास लघुवित्त संस्था इलाका कार्यालय पोखराको सहयोगमा सम्पन्न भएको हो ।

 संस्थाका अध्यक्ष डम्बर बहादुर वि.क.का अनुसार कार्यक्रको मुख्य उद्देश्य, संस्थाका शेयर सदस्यहरुलाई सहकारीमा पूँजि निर्माण र पूँजि परिचालनका लागि सक्रिय बनाउने, वित्तीय साक्षरता तथा सहकारीका मूल्य मान्यता र सिद्धान्तको जानकारी गराउने आदि रहेको थियो 

सहकारीलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि सदस्यहरुलाई यसबाट हुने फाइदा, सहकारीका सदस्यहरुको काम कर्तव्य र अधिकारका बारेमा जानकारी आवश्यक छ भन्ने महसुस गरेर तालिम आयोजना गरेका हाँै, अध्यक्ष विकले भन्नुभयो– ‘तालिममा सहभागी शेयर सदस्यहरु उत्साहित भएर जानु भएको छ, सदस्यहरुको सक्रियता बढ्ने र संस्थाले थप गति लिनेमा विश्वस्त छौ ।’

तालिममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर बाकि पेज ४ मा 

 जिसीले सहकारीलाई दीगो बनाउन, सहकारीमार्फत सदस्यहरुको आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउनका लागि सहकारीको अवधारणा अनुसार अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

  सहकारी भनेको वचत र ऋण परिचालन गर्ने मात्र हो भन्ने सोचाइमा परिवर्तन ल्याउनका लागि सदस्यहरुलाई उत्पादनमा केन्द्रीत बनाउने र उनीहरुको उत्पादन स्थानीय तहसंगको समन्वयमा संकलन र बजारीकरणका लागि संस्थाले काम गर्नु पर्ने उहाँको सुझाव थियो ।

  कार्यक्रममा प्रशिक्षक तथा कुश्मा नगरपालिकाका सहकारी शाखा प्रमुख ऋषिराम शर्मा पौडेलले पालिकाले बनाएको सहकारी ऐन बमोजिम काम गर्न आग्रह गर्नु भयो । उहाँले सहकारी सदस्य केन्द्रीत व्यवसाय भएकाले सदस्यहरुको हितका लागि योजना बनाएर काम गर्नु पर्नेमा जोड दिनुभयो ।

कुश्मा नगरपालिकाका सबै सहकारी संस्थाहरुको तथ्यांक संकलन, अनुगमन र प्रवद्र्धनका लागि शिक्षा तालिमका कार्यक्रमहरुमा सहभागिताका लागि उहाँले आग्रह गर्नु भयो ।

  संस्थाका ७० जना शेयर सदस्यहरुको सहभागिता रहेको तालिम कार्यक्रम अध्यक्ष डम्बर बहादुर वि.कको अध्यक्षता र सचिव गोविन्द पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

  संस्थामा ५ सय जना शेयर सदस्य, १७ लाख शेयर रकम, ५६ लाख वचत र १ करोड १५ लाख कर्जा लगानी रहेको प्रवन्धक प्रेम नारायण पौडेलले जानकारी दिनुभयो ।

, , ,