जुगलको नवौ गाउँसभा ढाँडेमा

 लोकप्रियसमाचार,

जुगल गाउँपालिकाको नवौ गाउँसभा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न एक भएर अगाडी बढ्ने निर्णय गर्दै बुधबार सम्पन्न भएको छ । जुगल गाउँपालिकाको नवौं गाउँसभा बैठकले अर्धवार्षिक प्रगति समीक्षा प्रतिवेदन जुगल गाउँपालिकाको न्यायिक समिति कार्यविधि सम्बन्धि ऐन,२०७५ माथिको पहिलो संशोधन र आठौं गाउँसभाबाट पारित बजेटका केही शिर्षकहरुको रकमान्तर प्रयोजनका लागि विनियोजन ऐन,२०७७ संशोधनका  निर्यणहरु पारित गर्दै भव्य रुपमा सम्पन्न भएको छ । गाउँपालिकाको योजना अधिकृत राम बाबु नेपालले कार्यक्रममा अर्धवार्षिक प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो ।


२८ घर पूर्ण क्षति, ५ जना घाइते र ३९ जनाको ज्यान जानेगरि वडा नं २ को लिदि लामाटोलमा गएको भिषण पहिरोमा  तत्काल उद्धार र खोजी कार्य, राहत वितरण लगायत विविध व्यवस्थापनमा गाउँपालिका, प्रदेश सरकार, नेपाल सरकार, सुरक्षा निकाय, विभिन्न संघ संस्था, राजनीतिक दल, युवा समूहहरुले गरेको सहयोग र समन्वयलाई प्रशंसनीय कार्यको रुपमा लिएको प्रतिबेदनमा उल्लेख छ  । गाउँपालिकाले लिदि पहिरोमा परि मृत्यु भएका परिवारका लागि प्रति परिवार रु १ लाख र प्रति मृतक रु २५ हजार काजक्रिया खर्च स्वरुप जम्मा रु २० लाख ७५ हजार वितरण गरिसकेको छ । त्यसैगरी सिलिण्डर सहित १५८ सेट ग्याँस चुल्हो र आवश्यक खाद्यन्न वितरण गरिसकेको समेत कार्यक्रममा जानकारी गराइएको छ ।

सुत्केरी महिलाहरुलाई लक्षित गरि एम्बुलेन्सलाई निशुल्क बनाईएको र हालसम्म करिब ४० जना सुत्केरी महिलाहरुले निशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेका सो अवशरमा जानकारी गराइएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले गाउँपालिकाले पछिल्ला वर्षहरूमा विकासका महत्त्वपूर्ण सूचकहरू कृषि, पर्यटन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, मानव विकास सुचालकका दृष्टिले उल्लेख्य सुधार भएको बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख सिर्जना तामाङ्गले  स्थानीयको आयआर्जन, स्वास्थ्य सुरक्षाका लागी पालीकाले  प्रभावकारी काम गरेको बताउँनु भयो । यसैगरि प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर बिकले पालीकाको  बिकासका कामहरु  अझै पारदर्शीता गर्नका लागी सबै लागी पर्नु पर्ने बताउँनु भयो  ।                   


,