ईन्द्रावति १० मा स्वास्थ्य चौकी भवन शिन्यास

 


  रुपक पुरी, 

 सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाँउपालीका वडा न १०मा एक करोड चालीस लाख मा स्वास्थ्य चौकी भवन बन्ने भएको छ । सोम बार उक्त भवनको एक समारोहका बिच गाँउपालीका अध्यक्ष बंशलाल तामाङ्गले सिल्यान्यास गर्नु भएको छ । मालीका स्वराज  जेभी  गोकर्णेश्वर काठमाण्डौले भवन निर्माणको जिम्मा पाएको छ भने रु एकलाख एकचालीसहजार रुपैयामा भोट सिपा स्वास्थ्य चौकीको भवन बन्न लागेको हो ।


 भवनको सिल्यान्यास कार्यक्रममा अध्यक्ष तामाङ्गले गाँउपालीकाका कोही पनी नागरिकलाइ उपचारबाट बञचीत हुन नपरोस भनेर आफुहरु लागी परेको र  गाँउपालीका मा नै हरेक प्रकारका स्वास्थ्य सुबिधा दिनका लागी पालीका लागी परेको बताउँनु भयो । उाँहाले स्वास्थ्य नेै मानीसको ठुलो सम्पती भएको ले मानीसलाइ स्वस्थ रहनका लागी स्वास्थ्य मापदण्ड अपनाउँन जरुरी रहेको समेत सो अबशरमा बताउँनु भयो १ करोड ४१ लाखमा १८ महिनामा  निर्माण सम्पन्न गर्नुपर्ने उक्त भवन सम्पन्न भएपछि सेवाग्राही र स्वास्थ्य कर्मीलाई सहज हुने अध्यक्ष बँशलाल तामाङले बताउनुभयो ।  ईन्द्रावति गाउँपालिकाको १२ वडामध्ये ५ वडामा स्वास्थ्य ईकाई भवन र ३ वटा स्वास्थ्य चौकी भवन बनी सकेको छ । 


 कुन्चोक र बाँडेगाउ स्वास्थ्य चौकी भने बन्न बाँकी रहेको अध्यक्ष तमाङले बताउनुभयो । नवलपुर स्वास्थ्य चौकी भनै १५ शैयाको प्राथमिक अस्पताल बन्ने भएको छ ।  सिम्पलकाभ्रेमा भने  मात्रृस्वास्थ्य सेपामा पहँुचको बृद्धी  परियोजनजा अन्तरगत स्वास्थ्य चौकीमा प्रशुती भवन समेत बन्न लागेको छ । केयर नेपालको सहयोग र टुकी सघको संयोजनमा ४७लाखमा निर्माण हुने भवन निर्माणको जिम्मा भने बज्रनिर्माण सेवा चौताराले पाएको छ ।

, , , , ,