बेपत्ता राइको बाइक भोटेकोशी नदि किनारमा

 रामचन्द्र बस्नेत, 

बाह्रबिसे सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा स्थित बाह्रबिसे स्वास्थ्य केन्द्रमा मिती २०७६ चेैत देखि आँखा परिक्षण शाखामा नेत्र सहायक पदमा कार्यरत पुजन राइ मिती २०७७ कात्तिक २८ गते बाह्रबिसे बजार बाट चाकु भनिने स्थानमा साथिको घर सम्म पुगेका थिए । साथिसँग भेटेर बेलुका करिव ७.३० बजे सो स्थानबाट प्रस्थान गरेका उनि न त बाह्रबिसे बजार नै आइपुगे न कसैको सम्पर्कमा नै । यध्दपि भोलिपल्ट बिहान सम्म पनि राइको फोन भने अन नै रहेको आफन्तहरुको भनाइ छ ।

लामो समय देखि प्रहरी प्रशासनको खोजिमा समेत नभेटिएपछि आफन्तहरुले अपराध अनुसन्धान महाशाखाको ढोका ढक्ढकाएका थिए। सो पश्चात पछिल्लो समय खोजिकार्य तिव्र गरिएको थियो । अरनिको राजमार्गको भौगलिक बनावटको कारण बाटैमा दुर्घटना भएको आशंका लिएर सि बि आइ र इलाका प्रहरी बाह्रबिसेको टोलिले समेत सो स्थानमा पटक पटक खोजि कार्य गरेका थिए । तर, आज बुधवार बिहान करिव ९ बजेको समयमा बसेरी भनिने स्थानमा भोटेकोशी नदि किनारमा एक्कासी एक बुलेट बाइक आधा डुबेको अवस्थामा भेटिएको भन्ने सुचना प्राप्त भएपछि पुगेको प्रहरी टोलिले सो बाइक राइको नै भएको प्रष्ठ पारेको छन् ।


राइको आफन्तको अनुसार सो घटना रहस्यमय भएको र छिटो भन्दा छिटो दोषिलाइ कारबाहि हुनुपर्ने माग राखेका छन् ।

, , ,