लोकतान्त्रिक गठबन्धन बनाउन तिन दलको संयुक्त बैठक


कुमार बस्नेत ,

नेकपा  एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको जिम्मवारी सम्हालेपछि देशमा चरम निरंकुशताका बढेको भन्दै बिपक्षि दलहरु भन्दा पनि अफ्नै दलबाट बिरोध खेपिरहनु भएका वली  विरुद्ध काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका बीचमा संयुक्त मोर्चाबन्दीको प्रयास जारी रहेको छ । ओली सरकार विरुद्ध माओवादीले दिईरहेको साथ छोड्ने र अविश्वास प्रस्ताव हालेर ओलीलाई सरकारबाट बर्हिगमन गर्ने साझा निष्कर्षमा यी तीन पार्टी पुगिसकेका छन् । यद्यपी, जसपाले सरकार गठन अगाडी आफ्ना केही माग सम्बोधनका लागि गरिरहेको प्रयासका विषयमा सोमवार काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका बीचमा छलफलका लागि बैठक बसेको हो । तीन दलका बीचमा साझा मोर्चा बनेमा ओली नेतृत्वको सरकार धरापमा पर्नेछ । तीन दल मिलेमा सरकार गठनका लागि आवश्यक बहुमत १३८ सिट पुग्नेछ । ओलीलाई बिदाई गर्ने पक्षमा एमालेभित्रकै माधव नेपाल र झलनाथ खनाल पक्षहरु देखिनुभएको छ । उहाँहरुले तत्काल ओलीलाई राजीनामा दिएर वाम गठबन्धनको सरकारको लागि बाटो खोल्नुपर्ने तर्क अगाडी सारिरहेका छन् । तर ओलीले त्यसरी माधव नेपाल र झलनाथ खनालले भने जसरी सरकार छोड्ने देखिदैन । यसले पनि ओलीलाई सरकारबाट बाहिर ल्याउन काँग्रेस,  माओवादी केन्द्र र जसपाका बीचमा गठबन्धन जरुरी छ । जसपाका माग पूरा कसरी गर्न सकिन्छ भन्ने एउटा तीन पार्टीको साझा धारणा सहितको मोडालिटी बनाउने, ओलीका विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने र उहाँको विकल्पमा वाम लोकतान्त्रिक सरकार गठनको प्रक्रिया शुरु गर्ने तयारीमा तीन दल छन् । जसपा भित्रको पनि राजपाको समुह ओलीतिर अलिक बढी झुकाव राख्न खोजेपनि अन्ततः ओली प्रवृति घातक हुन सक्ने करिब निश्र्कर्षमा पुगेपछि तीन दलका बीचमा मोर्चाबन्दीको प्रयास सकारात्मक दिशामा जान थालेको काँग्रेसका एक नेताले बतउनुभयो । काँग्रेसमा सभापति शेरवहादुर देउवालाई सरकारको नेतृत्व गर्न अहिले सबै पक्षको साथ देखिएको छ । देउवा पनि आईपरे सत्ता लिन तयार रहेको भन्दै सक्रिय हुन थाल्नु भएका छन् । यसले ओलीको भविश्य सोमवारकोे प्रमुख तीन दलको संयुक्त बैठकपछिको अवस्थाले चित्रण गर्न सक्ने आकंलन गरिएको छ ।


,