कम्युनिटीको वार्षिकोत्सव, कवि कलाकारको विशेष प्रस्तुति


देवराज सुवेदी, मेलम्ची कम्युनिटी इङ्लिस स्कुल, मेलम्चीको १५औँ वार्षिकोत्सव विविध कार्यक्रम गरी बुधबार मनाइएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा विकास समन्वय इकाइका  प्रमुख कृष्णप्रसाद सुवेदीले विद्यालयले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै थप सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो । विद्यार्थीहरुको सर्वपक्षीय विकासका लागि विद्यालय लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।


कार्यक्रममा कवि नवराज पराजुली र हास्यव्यङ्ग्य कलाकार राजा राजेन्द्रले आआफ्नो प्रस्तुतिको माध्यमबाट शिक्षा तथा मनोरञ्जन प्रदान गर्नुभयो । समारोहमा रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीलाई पत्रकारिता तथा साहित्यको माध्यमबाट समाजमा योगदान गरेकामा सम्मान अर्पण गरियो । शिक्षक वेदलाल दुलाललाई उत्कृष्ट शिक्षकका रुपमा सम्मान गरियो भने विविध विधामा उत्कृष्ट विद्यार्थीहरुलाई अवार्ड प्रदान गरियो ।

पढाइका साथसाथै विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने कार्यक्रमलाई निरन्तरता दिने विद्यालयका अध्यक्ष दिनेश बस्नेतले बताउनु भएको छ । कार्यक्रम संस्थापक अध्यक्ष पुष्कर धितालको अध्यक्षतामा भएको हो ।


, , ,