तेस्रो बलेफि गा‍ पा कप लामोसाँगुमा सुरू

 कुमार बस्नेत

तेस्रो बलेफि गा.पा.  जिल्ला स्तरीय लिग फुटबल प्रतियोगिता सुरू भएको छ । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकाद्वारा आयोजना भएको तेस्रो बलेफी गाउपालिका लिग लामोसाँघु स्थीत खेलमैदानमा शनिबारदेखी सुरु भएको हो । कार्यक्रमको सभापतित्व सिन्धुपाल्चोक जिल्ला फुटबल संघका अध्यक्ष–मनकुमार श्रेष्ठले गर्नु भएको छ । प्रमुख अथितिका रुपमा बलेफि गा.पा. अध्यक्ष केदार क्षेत्री हुनुहुन्छ । अथितिहरू बलेफि गाँउपलिकाका निर्बाचित सवै वडाध्यक्षहरू हुनुहुन्छ । खेलमा आयोजक टिम बलेफि गाँउपलिका साथै  सुनकोशी गाँउपलिका, जुगल गाँउपलिका, हेलम्बु गाँउपलिका, पाँचपोखरी गाँउपालिका, बाह्रबिसे नगरपलिका र चौतारा साँगाचोकगढि नगरपालिकाको सहभागिता रहेको छ । 


खेलमा पहिलो हुने टिमलाई नगद एक लाख र दोस्रो हुनेलाई  पचास हजार रुपैयाँ पुरस्कार रासि रहेको छ ।  

शनिवार उद्घाटन भएको यस प्रतियोगितामा पहिलो उद्घाटन खेल आयोजक बलेफि गाउँपालिका  र बाह्रविसे नगरपालिका विच भएको थियो । खेलको ९० मिनेट सम्म पनि खेल वरावरीमै सिमित भएपछि ४ मिनेट थप गरिएको थियो । उक्त थप गरेको समयको तेस्रो मिनेटमै बाह्रविसे न.पा. टिमले १ गोल गर्दै खेललाई जितमा परिणत गरेको थियो । 

आईतवार  हेलम्बु गाउँपालिका र जुगल गाउँपालिका विच दिउसो १ः०० वजे खेल हुदैछ । यो प्रतियोगिता फागुन २९ बाट सुरू भई चैत्र ६ गते सम्म हुने र ६ गते प्रतियोगिता  समापन तथा पुरस्कार वितरण कार्यक्रम समेत रहेको जिल्ला फुटबल संघका अध्यक्ष मनकुमार श्रेष्ठले वताउनु भयो


, ,