अहिले बनेका कमिटीहरुको मुल काम भनेको सम्मेलन सम्पन्नगर्नु हो –कृष्णराज श्रेष्ठ

  (सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ५ चौतारा बजार निवासी ने.क.पा.एमाले केन्द्रीय सदस्य कृष्णराज श्रेष्ठ सिन्धुपाल्चोक जिल्लाको पार्टीको संस्थापक सदस्य हुनुहुन्छ । २०२८ साल देखि पार्टी निर्माणमा अनवरत क्रियाशिल नेता कृष्णराजले शिक्षण पेशामा झण्डै दुई दशक व्यतित गर्नुभएको छ ।  प्रा.वि. देखि उच्चतहको शिक्षण संस्थाहरुको स्थापना र संचालन समेत गर्नु भएका श्रेष्ठ जिल्लाकै एक राजनैतिक र सामाजिक क्षेत्रका चर्चित ब्यक्तित्व हुनु हुन्छ । आजवहाँ र लोकप्रिय दैनिककाबिच समसामयीक बिषयमा भएको कुराकानी जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ ।)



 तपाइले नेपालको बर्तमान राजनैतिक घट्नालाइ कसरी लिइ रहनु भएको छ ?

  • नेपालको राजनैतिक स्थितिमा पुःन तरलता पैदा भएको छ । झण्डै दुइतिहाइ प्राप्त गरेको सरकार आफ्नै पार्टी भित्रको कचिंगलका कारण संकटमा पर्नुका साथै ने.क.पा.नै बिघटीत भएको छ । 

यो अवस्था आउनुमा स्वयं प्रधानमन्त्री जिम्मेवार हुनु हुन्छ नि होइन?

  • मुल नेतृत्वमा रहेपछि धेर थोर जिम्मेवारी त लिनै पर्छ । तर यो अवस्था आउनुमा  क. माधब नेपाल र क. प्रचण्डको पदिय लोलुप्तता र भागबण्डाको राजनीतिले प्र.म.लाइ त्यो ठाउँसम्म पुग्न वाध्य पारेकोे थियो ।

बहुमतको सरकारको नेतृत्व गरी रहेको प्रधानमन्त्री स्वयंले निर्वाचनको घोषणा गरेर संविधानको मर्म माथि प्रहार गर्नु पनि त गलत थियो होइन?

  • यस कदमलाई एकाथरीले प्रतिगामी कदम र संबैधानिक कु को रुपमा प्रचार गरे । त्यो कदम न प्रतिगमनकारी थियो न अग्रगमनकारी नै । केबल बाध्यकारी थियो । संबिधानमा त्यो ब्यबस्था थिएन भने त संसद पुनस्थापनाको माग राखेर सडकमा आगो बालेर खरानी धस्दै हामी यता छौं भन्नु पर्ने नै थिएन नी । यसको मतलब बर्तमान संबिधानले संसद बिघटनलाइ प्राथामिकतामा राखेको छ भन्ने होइन । तर बिघटन गर्ने ब्यवस्था संबिधानमा नै थिएन जो गरीयो त्यहिभएर प्रतिगमनकारी भनियो भन्नेहरु पनि छन । यो चाहिं कु तर्क हो संसद बिघटनको औचित्य पुष्टि हुँदैछ । संसदको पुनस्थापनाले स्थिरता त दिएन नि झनअस्थिरता जन्माइदियो । जनादेशमा जान सकेको भए मुलुक निश्चय पनि स्थिरता तर्फ उन्मुख हुने थियो ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी र ने.क.पा.एमाले नब्युतिएको भए के हुने थियो ?

  • ने.क.पा.जसरी आजदुइ वटा पार्टीमा बिभाजित भएको छ उसै गरी त्यो बेला पनि दुइवटा पार्टीमा बिभाजित हुने थियो । अदालतको फैशलाले पुर्ब एमाले र माओवादी आज जसरी पुर्ववत अवस्थामा आएका छन उसै गरी दुइ वटा पार्टीको रुपमा बिभाजित हुने अवस्था भने आउँदैन थियो । अदालतको फैसलाले माधब नेपाल, झलनाथ खनाल र केपी वली सहितको पार्टी बन्ने थिएन । प्रचण्ड, माधब नेपाल र झलनाथ एक ठाउँमा हुने थिए भने केपी वलीले नेतृत्व गरेको एमाले मात्र एक ठाउँमा हुने थियो । माधब नेपाल, झलनाथ र प्रचण्डले ने.क.पा.को आधिकारीकता र सुर्य चिन्हको माग गरेका थिए । जुन कुरा उनीहरुले पाएको भए अहिले माधब नेपाल लगायतका नेताहरु,  प्रचण्डले नेतृत्व गरेको ने.क.पा. मा हुनु हुने थियो भने हामी एमालेको लिगेसी बचाएर बस्ने ठाउँमा हुने थियौं । के यो असत्य कुरा हो ?

ने.क.पा.एमाले भित्र पहिला दुइवटा शसक्त गुटहरु थियो । अब त झनै दुइ वटा पार्टी नै भयो अब दुई पार्टीको रुपमा देखिने यी दुई समुहको ब्यबस्थापन कसरी होला?

  • सम्मानित अदालतले एमाले र माओवादीलाई पुनस्थापना गरेको छ । एमालेका नेताहरुले आफ्नो पुरानो घर नै सम्झनु पर्छ अब माओवादी सँगको गहिरो सम्वन्धलाई बिर्सँदै एमालेलाई मायाँ गर्न थाल्नु पर्छ । अनि बिस्तारै एउटै पार्टी बन्छ । अदालतले एमाले र माओवादी दुईवटा पार्टी बनाएपछि त आ–आफ्नो पार्टीमा फर्कनु पर्ने हो नी । धुम्बराहीको पार्टी कार्यलय नै बिर्सिने अनि कुदेर पेरीस डाँडामा बैठक बस्न पुग्नु भयो । के.पी.आफ्नो अध्यक्ष हो भन्ने कुरा भुलेर प्रचण्डलाई अध्यक्ष ठान्नु भयो । अव अदालतले सम्वन्ध बिच्छेद गर्न नदिए पछि त पुरानै सम्वन्धमा फर्कन प¥यो नि । अब त के.पीलाई अध्यक्ष मान्नु प¥यो । धुम्वराहीमा बैठक बस्नु प¥यो अनि न बिश्वासको बातावरण बन्न थाल्छ अनि हो क्यारे भन्ने पनि लाग्न थाल्छ ।

सिन्धुपाल्चोकमा पनि दुइ वटा एमाले छ हो ?

  • आधिकारीक रुपमा एमाले एउटा मात्र पार्टी छ । तपाइले भन्नु भएको त छायाँ एमालेको कुरा होला । केन्द्रमा बनेको छ भन्ने सुनेको थिएँ । त्यसको शाखाको रपमा सिन्धुपाल्चोकमा अभ्याश गरेको होला ।

ने.क.पा.एमालेको पार्टी कार्यलय अहिले छायाँ पार्टीले कब्जा गरेको हो त?

  • २०७७ साल फागुन २३ गते सर्बोच्च अदलतले एमाले र माओवादीलाई पुर्नस्थापना गरीदिए पछि एमालेको कार्यलयको साइन बोर्ड पनि फेरौं भन्ने सल्लाह भए बमोजिम एमालेको साइनबोर्ड लिएर हामी पार्टी कार्यलय गयौं र ने.क.पा.का पुर्ब जिल्ला कमिटीका अध्यक्ष झम्क नेपालसँग कार्यलयको चाबि माग्यौं । वहाँले दिन आनाकानी गरे पछि हामीले कार्यलयको ब्यवस्थापक सँग सााचो माग्यौं, माथिको आदेश चाहिन्छ भन्नु भयो कहाँ हो माथि सर्बोच्च भन्दा माथि को छ ? भन्दा झम्क नेपालले दिनु भन्नु भयो भने मात्र दिन्छु भनेपछि हामीले कार्यलयको जम्मा दुइ वटा मात्र ताला तोडेर कार्यक्रम सम्पन्न ग¥यौं र निएमित रुपमा कार्यलय सुचारु गर्न थाल्यौ । 

२०७७फागुन २९ गते एमाले चौतारा साँगाचोक गढी नगरपालिका कमिटीको बिस्तारति बैठक बस्यो । त्यति नै बेलामाधब नेपाल सम्वद्द पुर्ब एमालेका केहि मानिसहरुबैठकबसी रहेका छन भन्ने जानकारी आयो ।त्यो बैठकबाटवहाँहरु पार्टीकार्यलयमाआउनचाहानु हुन्छ भन्ने कुरा थाहापाएर चैत्र १ गते बिहान ९ बजे तिर नगर पार्टि कमिटी अध्यक्षखिलबहादुर श्रेष्ठ र जि.क.अध्यक्षबालकृष्ण देउजागएर तालाखोलिदिनु भयो । ढोकाखोलीदिएका छौं कार्यक्रमगर्न दिनु भनेर सुरक्षाकर्मिहरुलाइभन्नु भयो । कार्यलयको तालाखोलिदिए पछि पुःनकिनतालाफोड्नु पर्रयो ? बुझ्न सकिन । उल्टै लाजपचाउन साँचो नदिएकाले पछि तालातोड्न बाध्यभएको समाचार आयो । यस्तो झुटको खेतीगर्ने र भ्रामक समाचार सम्प्रेशनप्रतिदुखित छु ।एमाले कार्यलय भवनबनाउन सबै भन्दा धेरै योगदानगर्ने मान्छे म नै हुँ । मेरै आँखा अगाढी केही मान्छेहरु, जसले निर्माण कार्यमाखुलेरै असहयोग गरेकाथिएउनिहरुले कार्यलय भवन नै मेरो निजी घर हो जस्तो गरेको मलाइ मन पर्दैन । 

अहिले बनेका कमिटीहरुको हैसियत के हुन्छ ?

  • यी कमिटीहरु सम्मेलनआयोजक कमिटीहरु हुन ।यिनिहरुको मुल काम भनेको सम्मेलन सम्पन्नगर्नु हो । सम्मेलन पश्चात अहिले यी कमिटीहरुमा रहेको नेतृत्व सम्मेलनपश्चातनबिकृत हुन्छन या बदलिन सक्छन ।

सिन्धुपाल्चोक जिल्लाको नेतृत्वका बारेमा पनि बिवाद छ नी होइन?

  • बिवादगर्नु पर्ने बिषय नै होइन । सिन्धुपाल्चोक जिल्लामा बालकृष्ण देउजाको अध्यक्षतामा ५०१ सदसिय जिल्ला सम्मेलन आयोजक कमिटी बनेको छ । अध्यक्ष बालकृष्ण देउजालाइ पार्टी मटिीको निर्णय अनुसार नै केन्द्रिय अध्यक्ष के.पी.वलीले सिन्धुपाल्चोकको जिल्ला अध्यक्षमा मनोनित गरेको हो । केहि मानिसहरुलाइ लागेको होला खाडीचौरमा जम्मा भएका पाँच सात सय कार्यकर्ताले टिका लगाएर अध्यक्ष बनाएको भनेर, जुन कुरा भ्रम हो । केन्द्रिय अध्यक्षले मनोनित गरेका यो कुराअबैध हो भने कानुनी उपचारको बाटोखोजे भै गयो नि ।

अन्तमा केहि भन्नु हुन्छ कि?

  • बिशेष भिडन्तलाइ निम्तादिने काम कहिकतै बाट नहोस भन्ने चाहान्छु । साथै मेरा केहि कुराहरु राख्ने मौका लिनुभएकोमा सिन्धुपाल्चोक जिल्लाकाट प्रकाशित लोपप्रिय समाचार दैनिक परिवारलाई विशेष धन्यवाद दिन चाहन्छु ।

, , ,