‘मेरो माया करोड’ सार्वजनिक

गायक सुगम पोखरेल र सोना अमात्यको स्वरमा नयाँ गीत ‘मेरो माया करोड’ सार्वजनिक भएको छ। गीतमा दीपक शर्माको शब्द र सङ्गीत रहेको छ भने साहज शाक्यको सङ्गीत संयोजन छ। गीतको भिडियोमा गायिका स्वयंले अभिनय गर्नु भएको छ । उँहालाइ  सागर लम्साल (बले) गोभिन सिंह बिस्टले अभिनयमा साथ दिनु भएको छ। बुद्ध थापाले छायाङ्कन गर्नूृ भएको भिडियोलाई गम्भीर बिस्टले निर्देशन गर्नु भएको छ । सहायक निर्देशनको जिम्मेवारी  सुबोल थापाले गर्नु भएको छ भने भिडियोमा नवीन निरौलाको सम्पादन र सुबम भुजेलको कोरियोग्राफी रहेको छ। यो गीतको भिडियो गायिकाको आफ्नै अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।


गायिका सोना अमात्यले अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठसँग ‘पल पल’ गीतबाट संगीत यात्रा आरम्भ गर्नु भएको सुभाष प्रधानले जानकारि दिनु भयो । ‘म त खुल्ला छु’, ‘डाली चरी’, ‘किन आत्तिनु केलाई मात्तिनु’, ‘तिम्रो र मेरो सम्बन्ध’ लगायत गीत हरु सार्वजनिक गरि सक्नु भएकी सोनाले  आफ्ना गीतहरुमा मोडलिङ पनि गर्नु हुन्छ । ‘डिजिटल मार्केटिङ’ विषयमा स्नातकोत्तर सोना विज्ञापन एजेन्सी पनी चलाइ रहनु भएको छ ।






, , , ,