मेलम्चीको पानी काठमाण्डौमा भट्टराइको सपना पुरा


कुमार बस्नेत (अधिराज) नेपाली काँग्रेसका सन्त नेता पुर्ब प्रधान मन्त्री स्व कृष्ण प्रसाद भट्टाइले मेलम्चीको पानी काठमाण्डौ लगेर काठमाण्डौलाइ सफा राख्ने भन्दै शुरु गर्नु भएको योजना सम्पन्न भएको छ । यो सँगै नेपाली कााग्रेसले  उपत्यका बासीलाइ खाने पानीको समस्या समाधानको लागी गरेको कार्यको प्रशंसा गरिन थालेको छ । नेपाली काँग्रेसको तर्फबाट प्रधान मन्त्री बन्नु भएका तत्कालीन प्रधानमन्त्री  कृष्ण  प्रसाद भट्टराइको सपना लामो प्रतिक्षापछि  पुरा भएको छ । आइतबार देखि मेलम्चीको पानी काठमाडौँ उपत्यकाका विभिन्न स्थानका ग्राहकको धारामा आउन थाले पछी यो सपना पुरा भएको को छ ।


मेलम्चीको पानी हाल देवकोटा सडक, बत्तीसपुतली, जयबागेश्वरी, चावहिल, कुटुबहाल, सिफल, कालोपुल, एअरपोर्ट हाइट, धनवन्तरी मार्गलगायत क्षेत्रका  मेलम्चीको पानी धारामा पानी आएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ । हाल पुराना पानी पोखरीहरूमा मेलम्चीको पानी भरी पुरानै पाइपलाइन र धारामा दिइने र आयोजना कार्यान्वयन निर्देशनालयबाट बिच्छाइएको नयाँ पाइपलाइनमा परीक्षण गर्दै लैजाने लिमिटेडको योजना छ ।  दैनिक चार करोड लिटर पानी काठमाण्डौमा  थालेको छ ।  पहिलो चरणमा महाङ्कालचौर, अनामनगर, मीनभवन र खुमलटारमा रहेका ट्याङ्कीमा पानी भरेर ग्राहकका घरमा पठाउन लागिएको छ । निर्माण शुरु भएको लामो समयसम्म पनि सम्पन्न हुन नसकेको आयोजनाको निर्माण सकिएसँगै परीक्षण गरिएको हो । यस अघि मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माण भएका सुरुङ र पानी प्रशोधन केन्द्रको परीक्षण गरिएको थियो । राष्ट्रिय गौरवको सो आयोजनाले काठमाडौँ उपत्यकामा लामो समयदेखि रहेको खानेपानीको अभाव हट्ने अपेक्षा गरिएको छ । 


, , , , , ,