ओलिनिकट अनेरास्ववियु जिल्ला कमिटीको शपथ ग्रहण सम्पन्न


टंक खड्का

केपी शर्मा ओली निकट अनेरास्ववियु सिन्धुपाल्चोककको सपथ ग्रहण कार्यक्रम सुनकोशी गाउँ पालिकाको पाँग्रेटारमा शनिवार सम्पन्न भएको छ । 


नेकपा विभनजनपछी साविक अनेरास्ववियुका जिल्ला उपाध्यक्ष रामचन्द्र थापाको सँयोजकत्वमा ओली समुहले १९ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको थियो । सपथ ग्रहण कार्यक्रममा सँगठनको केन्द्रीय उपाध्यक्ष सुनिता बराल, नेकपाका केन्द्रीय सदस्य होमनारायण श्रेष्ठ , जिल्ला अध्यक्ष बालकृष्ण देउजा लगायतका नेताहरूले प्रशिक्षण दिनुभएको थियो । शपथ ग्रहण पछि बोल्दै सँयोजक रामचन्द्र थापाले आफू आम विद्यार्थीका हकहितका लागि ठोस योजनाका साथ अघि बढ्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

, , ,