अबलोकन भ्रमणकै क्रममा रङ्गशालालाइ सहयोग


एकराज श्रेष्ठ दोलालघाट

काभ्रे पलाञ्चोक जिल्लाको भुम्लु गाउँ पालिका अन्तर्गत   दोलालघाट मा रहेका  सहकारी संजालले धुर्मुस सुन्तली फाउन्डेसन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण को लागि आर्थिक सहयोग गरेको हो ।


सहकारी अवलोकन भ्रमणको क्रममा संजालमा आवद्ध संस्थाहरुबाट चितवनमा निर्माणधिन धुर्मुस सुन्तली फाउन्डेसन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण को लागि उधमशिल साकोसले ५५५५दुलालेश्वर साकोसले ५५५५ स्ट्यान्डर्ड साकोसले ७,०००   र दुलालेश्वर बातावरणिय तथा समाज सेवा क्लवले ६,६६६गरि जम्मा २४७७६  आर्थिक सहयोग गरेका छन ।

करिव ३ अरव ५५ करोडको लागतमा सम्पन्न हुने उक्त फाउन्डेसन मा सानै रकम भए पनि सहयोग गरेका  छन ।



७ बर्ष अगाडि पालिकाको मुुख्य प्रवेशद्वार वडा  न ८ र १० मा अवस्थित ६ वटा सहकारीको समुह संजालको गठन  गरिएको थियो ।

सोही  संंजालले हरेक बर्ष यसरी नै अवलोकन भ्रमण गर्ने गरेको छ।उधमशिल ,दुुुलालेश्वर स्ट्यान्डर्ड ,दोलालघाट ,चाखोला साना किसान तथा सिंह देवि कृषि बचत तथा ऋण सहकारी संस्था गरि ६ वटा सहकारीहरुको सजालको भ्रमणको नेतृत्वव यो बर्ष उधमशिल साकोसले गरेको थियो।

सजांलले  यो बर्ष चितवनको नारायणघाटको    बखानपुरमा रहेको नेपाल कै पहिलो सहकारी बखान बहुउद्देश्यीय सहकारी संस्था लि को अवलोकन गरेको थियो। आर्थिक कारोबारको हिसाबले न्यून भए पनि कृषि कार्यलाइ पहिलो प्राथमिकता दिई इतिहासलाइ जोगाइ राख्ने कार्य बखान सहकारीले गरेको  आफुहरुलाइ लागेको भ्रमण टिमका संयोजक गोबिन्द प्रसाद पराजुलिले बताउनु भयो।२०१३ चैत्र२० गते बाट सुरुवात गरिएको उक्त सहकारीको मुख्य कारोबार शुद्ध तोरीको तेलको खुद्रा व्यापार र साथमा सहकारीले निकट भविष्यमा सहकारीहरुको विशेष चिनारीका साथ संग्राहलय राख्ने भएको कारण आफुहरुलाइ ख्शी लागेको समेत पराजुलीले बताउँनु भयो । ६ वटाका सहकारीको कार्य समिती तथा विभिन्न उप समितीका सदस्यहरु सहित करिव ६० जनाको संख्या रहेको उक्त संजालले बन्दिपुर,छाब्दी बाराही,पोखरा तथा गोर्खा गरि २०७७चैत्र १२ गते देखि १४ गते सम्म ३ दिने अवलोकन भ्रमण गरेका थिए।


, , , , , ,